जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • आईपीओमा १० कित्ते नीति हटाउने तयारी

आईपीओमा १० कित्ते नीति हटाउने तयारी

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले साधारण शेयर (आईपीओ)को १० कित्ते नीति हटाउने तयारी गरेको छ । जसका लागि बोर्डले सोमबार १० कित्ते नीति पुनरावलोकन भन्दै समिति नै बनाएको हाे ।

बोर्डले बनाएको १० कित्ते नीति पुनरावलोकन समितिको संयोजकमा प्रविन कुमार झा रहेका छन् । उनको संयोजकत्वमा समिति बनेको सेबोन स्रोतले जानकारी दिएको छ । त्यस्तै, समितिको सदस्यहरुमा भोलानाथ ढुङ्गाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहेका छन् ।

बोर्डका अध्यक्ष रमेश कुमार हमालले केहि समय अघिदेखिनै धितोपत्र बाँडफाँटमा रहेको न्यूनतम १० कित्ताको नीति पुनरावलोकन हुने बताउदै आएका थिए । तर, १० कित्ते प्रावधान हटाउने विषयमा व्यापक विरोध भएको थियो ।

हाल बुक विल्डिङ विधिबाट निष्कासन हुने धितोपत्र बाहेक अन्य धितोपत्रको बाँडफाँटमा न्यूनतम १० कित्ताको नीति कायम रहेको छ । बुक विल्डिङ विधिबाट निष्कासन हुने धितोपत्र खरीदका लागि भने सर्वसाधारणले न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ । यसर्थ यो विधिबाट निष्कासन गरिएको धितोपत्र बाँडफाँटमा पनि न्यूनतम ५० कित्ताको नीति लागू हुनेछ ।

955
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका