जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्युआरबाट ११ अर्ब र वालेटबाट १६ अर्बको भुक्तानी

क्युआरबाट ११ अर्ब र वालेटबाट १६ अर्बको भुक्तानी

चालु आर्थिक वर्षको ११ महिनामा सबै किसिमको डिजिटल प्लेटफर्मबाट हुने भुक्तानीमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणअनुसार जेठ महिनामा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, मोबाइल वालेट र क्युआर पेमेन्टमा वृद्धि भएको हो ।

विवरणअनुसार इन्टरनेट बैंकिङबाट १२ अर्ब १५ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ । वैशाख महिनामा ११ अर्ब ९१ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

मोबाइल बैंकिङबाट १ खर्ब २१ अर्ब ९६ करोड २० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । अघिल्लो महिनामा मोबाइल बैंकिङको कारोबार १ खर्ब १३ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको भएको थियो ।

त्यस्तै, मोबाइल वालेटमा १५ अर्ब ९६ करोड ७० लाखको कारोबार भएको छ । अघिल्लो महिनामा १४ अर्ब ६६ करोडका कारोबार भएको थियो । त्यस्तै, क्यूआर पेमेन्टमा पनि केही वृद्धि भएको छ । यस महिना ११ अर्ब १ करोड ५० लाख बराबरको भुक्तानी भएको छ । गत महिनामा भने १० अर्ब १९ करोड १० लाखको भुक्तानी भएको थियो ।

2735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?