जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • धादिङ्गको विभिन्न स्थानहरु मुक्तिनाथ विकास बैंकको बैंकिङ्ग साक्षरता कार्यक्रम

धादिङ्गको विभिन्न स्थानहरु मुक्तिनाथ विकास बैंकको बैंकिङ्ग साक्षरता कार्यक्रम

 मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभिवृद्धिका लागि धादिङ्ग जिल्लाको विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले धादिङ्गको रोराङ्ग गाँउपालिका वडा नं. ५ स्थित सुन्दरदिप महिला विकास बहुदेश्य सहकारी संस्थामा आवद्ध महिलाहरुलाई र थाक्रे गाँउपालिका वडा नं. १० स्थित ठूलोपोखरीका स्थानीय बासीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त कार्यत्रमहरुमा बैंकिङ्ग कारोबार गर्दा ध्यान दिनुपर्ने विषयहरु, डिजिटल बैंकिङ्ग प्रविधि र बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमा वित्तीय कारोबार बारे चेतना तथा पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहनगर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटीएम मेसिनबाट निशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ ।

2540
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका