जोडिनुहोस
आइतवार, साउन १०, २०८३
आइतवार, साउन १०, २०८३
  • होमपेज
  • सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार

सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा बंैकले रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं.–०३ लौन्डिहवा, कैलालीको लम्की–चुहा नगरपालिका वडा नं.–०६, गुलरा र कावासोती नगरपालिका वडा नं.–१, हिमाल चोक, नवलपरासीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ ।

सो तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०० पुगेको छ । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने छ । साथै यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

सन््राइज बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

4055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका