जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ प्रतिशत बोनस शेयर सूचीकृत

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ प्रतिशत बोनस शेयर सूचीकृत

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको १३ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । बैंकले उक्त बोनस शेयर वापतको ३९ लाख २१ हजार २४१ दशमलव ६६ कित्ता शेयर मंगलवार सूचीकृत गराएको हो । बिहीवारदेखि कारोबारयोग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

कम्पनीले गत पुस २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । कम्पनीले रू. ३ अर्ब १ करोड ६३ लाख ३९ हजारको आधारमा बोनस वितरण गरेको हो । बोनस पश्चात कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ४० करोड ८४ लाख ६४ हजार पुगेको छ । पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ती गरेको यस कम्पनीका शेयरधनीहरुले बोनस शेयरमा लाग्ने करमा भने छुट पाउँनेछन् ।

8225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका