जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सनराइज बैंकको ७४ औं शाखारहित बैंकिङ्ग सेवा फक्ताङलुङमा

सनराइज बैंकको ७४ औं शाखारहित बैंकिङ्ग सेवा फक्ताङलुङमा

सनराइज बैंकले ताप्लेजुङ्ग जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नं.–३, सिवा, ताप्लेजुङ्गमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ७४ पुगेको छ ।

बैंकले खोलेको सो शाखारहित बैंकिङ्ग सेवाको ब्यवसाय प्रतिनिधिका रुपमा पदम बहादुर बुढाथोकीलार्ई नियुक्त गरेको छ । बुधवार आयोजित शाखारहित बैंकिङ्ग सेवा समुद्घाटन कार्यक्रम फक्ताङलुङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष आइतराम लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

सो कार्यक्रममा फक्ताङलुङ वडा नं. ३ का वडा सदस्य तेजविर लिम्बु, सिवा माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमनाथ गौतम, स्थानिय ब्यबसायी तथा समाजसेवी अग्नी प्रसाद सिग्देल, बैंक फुङलिङ शाखाका शाखा प्रबन्धक ध्रुब प्रसाद बाँस्कोटा र शाखाका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

शाखारहित बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७४ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

 

10180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका