जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गर्ने सहकारी विकास बोर्डको संचालक तिमल्सिना पक्राउ

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गर्ने सहकारी विकास बोर्डको संचालक तिमल्सिना पक्राउ

राष्ट्रिय सहकारी विकास बोर्डको संचालक पदमा नियुक्ति खानका लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने माधव प्रसाद तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आजै पक्राउ गरि जिल्ला अदालत काठमाडौंबाबाट ५ दिन म्याद थपेर अनुसन्धान सुरु गरेको छ ।

भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत राष्ट्रिय सहकारी विकास वोर्डको संचालक पदमा नियुक्तिको लागि शैक्षिक योग्यताको प्रमाणपत्र कीर्ते गर्ने तिमल्सिनालाइ ब्युरोले पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो ।

रजिष्ट्रेसन नं.१४९१५.८९ भएको पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उतीर्ण गरेका तिमल्सिनाको नाममा जारी भएको चारित्रिक प्रमाणपत्र र त्रिविदर्ता नं. १४९१५.८९, पाटन मल्पिटपल क्याम्पसको ब्यचलर डिग्री इन ह्युम्यनिटिज एण्ड सोसियल साइन्सको ट्रान्स्कृप्ट कीर्ते गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनलाई आज ललितपुर जिल्ला थसीखेलबाट पक्राउ गरी लिखत सम्बन्धि कसूरमा अनुसन्धान सुरु गरेको छ ।

5295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?