जोडिनुहोस
सोमवार, बैशाख १, २०८२
सोमवार, बैशाख १, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो स्थापनाको १७औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ ।

बैंकले करिब एक दशकदेखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार,शिक्षा, मनोरंजन प्रदान गर्दै आएको बालविकास समाजलाई आर्थिक सहयोग गरेको छ ।

बैंकले १ लाख ५० हजार चेक हस्तान्तरण गरेको हो । एक समारोहका बीच बैंकले संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतमलाई चेक हस्तान्तरण गरेको छ । बैंकले बैशाख ७ गते मनाउँदैछ ।सोही अवसरमा संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो । बालविकास समाजमा रहेका ८० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने गौतमले जानकारी दिए ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।

1455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?