जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालय एयरलाइन्सले अर्थोपेडिक हस्पिटललाई दियो एयर कन्डिसनर

हिमालय एयरलाइन्सले अर्थोपेडिक हस्पिटललाई दियो एयर कन्डिसनर

हिमालय एयरलाइन्सले नेपाल अर्थोपेडिक हस्पिटललाई दुई टनको एयर कन्डिसनर दिएको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत यो एयरकन्डिसनर दिएको हो।

कम्पनीका अध्यक्ष झोउ एन्योङले अस्पतालका अध्यक्ष सामेन लामा र मेडिकल डा. कैलाशकुमार भण्डारीलाई एयर कन्डिसनर हस्तान्तरण गरे।

सहयोगबापत दिइएको कन्डिसनर अस्पतालको सगरमाथा जनरल वार्डमा जडान गरिएको छ। सोमबार कम्पनीका अध्यक्ष झोउले सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको बताए। उनले नेपाल अपाङ संघमा रहेका अनाथ आश्रमलाई सहयोग गर्न इन्फ्लाइट पत्रिकाबाट आउने नाफाको केही रकम सहयोग गर्ने प्रतिवद्धता जनाए।

अस्पतालका मेडिकल डाइरेक्टर डा. भण्डारीले हिमालय एयरलाइन्सले मानवीय उद्धारमा देखाएको सक्रियताको प्रशंशा गरे।

3200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?