जोडिनुहोस
सोमवार, जेष्ठ १४, २०८१
सोमवार, जेष्ठ १४, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकले सम्भावित नोक्सानीबाट बच्न पुरानै कर्जाका ऋणीलाई साँवा ब्याज तिर्न, नयाँ धितो लिएर कर्जा दिएको खुलासाः राष्ट्र बैंक बेखबर !

एनआईसी एशिया बैंकले सम्भावित नोक्सानीबाट बच्न पुरानै कर्जाका ऋणीलाई साँवा ब्याज तिर्न, नयाँ धितो लिएर कर्जा दिएको खुलासाः राष्ट्र बैंक बेखबर !

सुन्दा पनि घिन लाग्ने हेर्दा लाज लाग्ने काम एनआईसी एशिया बैंकले गरेको छ । भन्दा अब फरक पर्दैन । आर्थिक वर्षको चैत्र महिनामा यस बैंकले सम्भावित जोखिम कम गर्न पूरानै ऋणीलाई नयाँ धितो राखेर कर्जा दिएको भेटिएको छ । गभर्नर साब । हेक्का होस् । यति मात्रै होइन ठूला ऋणीहरुले रियलस्टेट ‘होउजीङ’ र शेयर बजार तथा उद्योग धन्दामा लिएका कर्जाको पैसा तिर्न नसके पछि नयाँ प्रयोजनको नक्कली कागज बनाएर ऋण लिएको भेटिएको छ । गभर्नर साब हेक्का होस् ।
एनआईसी एशिया बैंकका एक उच्च कर्मचारीले नाम नलेख्ने शर्तमा पक्तिकारसंग टेलिफोनमा भनेः– खराब कर्जा बढ्ने, राम्रा ऋणी कालो सूचमिा पर्ने डर भएपछि हाम्रो बैंकले पूराना ऋणीलाई थप कर्जा दिएको सत्य हो नि । चालु पुँजी कर्जामा गरिएको कडाइपछि ऋणको ‘एभर ग्रिनिङ’ रोकिन्छ भन्ने विश्लेषण विपरीत बैंकहरुले पाकेको ब्याज तिर्न नयाँ ऋण दिएको देखिएको भेटिएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्तिमतिर बढेको ऋणले बैंकहरुले एभर ग्रिनिङ गरेको तस्बिर देखाउँछ । भन्दा अब फरक पर्दैन ।

ऋणको आकार एक सातामा ह्वात्तै बढेर ४५ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको तथ्यांक झस्काउने खालको देखिन्छ । ‘यसले ब्याज तिर्न नयाँ ऋण गएको भन्ने नै देखिन्छ,’ एक सिइओले नाम नलेख्ने शर्तमा भने, ‘मन्दी छ, नयाँ ऋणको माग छैन, चालु पुँजी कर्जामा गरिएको कडाइले प्रयोजन नखुलाई भुक्तानी दिन मिल्दैन ।

चालु वर्षको सुरुदेखि नै ऋण बिस्तार निक्कै सुस्त छ । सातामा दुई÷तीन अर्ब रुपैयाँभन्दा खासै बढेको देखिंदैन । तर चैत अन्तिम साता एकै पटक ३६ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ । गभर्नर साब हेक्का होस् । राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार, फागुन मसान्तको दिन बैंकहरुको कुल ऋण ४५ खर्ब रुपैयाँ थियो। चैत पहिलो साता घटेर ४४ खर्ब ९५ अर्बमा आयो । चैत २३ गते ऋण पुनः ४५ खर्ब १ अर्ब रुपैयाँ पुगेको देखिन्छ । दुई सातामा मुस्किलले ६ अर्ब रुपैयाँ बढेकामा अन्तिम साता भने अचानक ३६ अर्ब ऋण थपियो । ऋणको आकार एक सातामा ह्वात्तै बढेर ४५ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको तथ्यांक झस्काउने खालको देखिन्छ । ‘यसले ब्याज तिर्न नयाँ ऋण गएको भन्ने नै देखिन्छ,’ एक सिइओले नाम नलेख्ने शर्तमा भने, ‘मन्दी छ, नयाँ ऋणको माग छैन, चालु पुँजी कर्जामा गरिएको कडाइले प्रयोजन नखुलाई भुक्तानी दिन मिल्दैन । व्यक्तिगत प्रयोजनको ऋणमा पनि सीमा छ । त्यसो हुँदा नयाँ ऋण सृजना गरेर जाने त हो नि ।

एनआईसी एशिया बैंकले ‘क्यास फ्लो’ कम भएर राम्रो ‘क्लाइन्ट’ ले पनि नियमित समयमा किस्ता बुझाउन नसक्ने अवस्था आएपछि सम्भावित नोक्सानी व्यवस्थाबाट जोगिन पहिले कर्जा दिएका ऋणीहरुलाई नयाँ धितो लिएर वा नयाँ प्रयोजनको प्रबन्ध गरेर ऋण दिइएको देखिन्छ ।

ति सिइओले भने बढेकोमध्ये अधिकांश ऋण पुरानो ब्याज तिरेर असल बनाउन दिइए पनि केही भने सरकारी कर भुक्तानीका लागि पनि निकालिएको हुन नि । एनआईसी एशिया बैंकले ‘क्यास फ्लो’ कम भएर राम्रो ‘क्लाइन्ट’ ले पनि नियमित समयमा किस्ता बुझाउन नसक्ने अवस्था आएपछि सम्भावित नोक्सानी व्यवस्थाबाट जोगिन पहिले कर्जा दिएका ऋणीहरुलाई नयाँ धितो लिएर वा नयाँ प्रयोजनको प्रबन्ध गरेर ऋण दिइएको देखिन्छ । गभर्नर साब ! बैंकहरुले रियलस्टेट, हाउजिङ, सेयर बजार तथा अन्य उद्योग र व्यवसायका लागि ऋण लिएका कतिपय व्यापारीले समयमा पैसा तिर्न नसक्दा एनआईसी एशिया बैंकहरुले हरहिसाब राम्रो देखाउन अर्को बाटो रोजेको देखिन्छ । यो कस्तो बैकिङ्ग हो गभर्नर साब ?

प्रवाह भएको कुल ऋण माघ मसान्तको दिन ४५ खर्ब १ अर्ब रुपैयाँ थियो । फागुन मसान्तमा त्यो १ अर्ब रुपैयाँले घटेको थियो । चैत मसान्तमा ह्वात्तै ३६ अर्ब रुपैयाँले बढेको देखिन्छ ।
राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार, एउटा ऋण तिर्न अर्को ऋण प्रयोग गर्न पाइँदैन । यसको निगरानी बैंकहरुले पनि गर्नु पर्छ। राष्ट्र बैंक आफैंले यसबारे प्रश्न उठाए पनि बैंकहरुसँग भने सवालजवाफ गर्ने गरेको पनि देखिदैन ।

राष्ट्र बैंकले आइतबार प्रकाशित गरेको सुपरिवेक्षण प्रतिवेदनमा पनि एनआईसी एशिया बैंकहरुले पुरानो ऋणलाई राम्रो देखाउन नयाँ ऋण दिएर साँवा र ब्याज भुक्तानी गराएको उल्लेख छ । भनिन्छ राष्ट्र बैंकले अनेक तरिका लगाएर ‘एभर ग्रिनिङ’ लाई रोक्न खोजेपनि त्यसमा सफलता नपाएको चैत अन्तिम साता प्रवाह भएको ऋणले पुष्टी गर्छ । भन्दा फरक पर्दैन । चैत २३ गते बैंकहरुसँग जति ऋण थियो, त्यो ऋण माघ मसान्तकै हाराहारी हो । प्रवाह भएको कुल ऋण माघ मसान्तको दिन ४५ खर्ब १ अर्ब रुपैयाँ थियो । फागुन मसान्तमा त्यो १ अर्ब रुपैयाँले घटेको थियो । चैत मसान्तमा ह्वात्तै ३६ अर्ब रुपैयाँले बढेको देखिन्छ ।
राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार, एउटा ऋण तिर्न अर्को ऋण प्रयोग गर्न पाइँदैन । यसको निगरानी बैंकहरुले पनि गर्नु पर्छ। राष्ट्र बैंक आफैंले यसबारे प्रश्न उठाए पनि बैंकहरुसँग भने सवालजवाफ गर्ने गरेको पनि देखिदैन । यो कस्तो नियमनकारी निकाय हो ? सचेत भया ।

875
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका