जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु

एनसेलले ल्यायो इन्डलेस कम्बो प्याकहरु

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु संचालनमा ल्याएको छ ।

यो योजना वैशाख ०५ बाट संचालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले कर सहित मात्र रु २५ मा बिहान ५ बजे देखि साँझ ५ बजे सम्म प्रयोग गर्न सकिन डे कम्बो प्याक र बेलुका १० बजे देखि भोलिपल्ट बिहान ७ बजे सम्म प्रयोग गर्न सकिने गरि दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सक्छन् ।

डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम ९अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने० प्राप्त गर्दछन् । ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१ह्यास वा एस्ट्रिक्स१७१२३एस्ट्रिक्स२ह्यास डायल गरि यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् ।

बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र रु २५ मा सुचारु गर्न सक्छन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स१एस्ट्रिक्स६ह्यास डायल गरि प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् ।

सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्घता अनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको हो । यो योजना अन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाई तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ ।

3330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका