जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • गृहले आफ्नै कर्मचारीलाई समातेर प्रहरीमा बुझायो, भिजिट भिसामा सेटिङ मिलाउन दिएका थिए दबाब

गृहले आफ्नै कर्मचारीलाई समातेर प्रहरीमा बुझायो, भिजिट भिसामा सेटिङ मिलाउन दिएका थिए दबाब

गृहमन्त्री र गृह सचिवको नाम लिएर भिजिट भिसामा विदेश पठाउन दबाब दिने गृह मन्त्रालयका कर्मचारी पक्राउ परेका छन्।

गृह मन्त्रालयबाट नै बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले कर्मचारी निर्मल विष्टलाई नियन्त्रणमा लिएको हो। उनी २०७५ सालदेखि कम्प्युटर अपरेटरका रुपमा गृह मन्त्रालयमा कार्यरत थिए।

विष्टले ‘गृहमन्त्री रवि लामिछाने, उनको सचिवालय र गृह सचिव एकनारायण अर्याल लगायतसँग कुरा भइसकेको छ’ भन्दै असार २१ गते (शुक्रबार) थाइल्यान्ड हुँदै तेस्रो मुलुक जान लागेका २० जनालाई नरोक्न भनेर त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थीलाई टेलिफोनबाट अनुचित दबाब दिएको गृह मन्त्रालयले जानकारी दिएको छ।

प्रमुख अध्यागमन अधिकृत पन्थीले दबाब अस्वीकार गरि मन्त्रालयमा सोधखोज गरेपछि विष्टको कर्तुत सार्वजनिक भएको हो। गृह मन्त्रालयमा रहेर भिजिट भिसामा विदेश पठाउने धन्दामा संलग्न रहेको पाइएपछि गृह सचिव अर्यालले असार २५ गते (मंगलबार) विष्टलाई सेवाबाट हटाएका थिए।

भिजिट भिसामा गैरकानुनी रुपमा मान्छे पठाउने काम गरिरहेको आशंकामा थप अनुसन्धानका लागि विष्टलाई प्रहरीको जिम्मा लगाएर पठाइएको गृह मन्त्रीको सचिवालयले जनाएको छ।

2195
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका