जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • नेपाल लाइफले ‘एमडीआरटी अचिभर्स अवार्ड २०२४’ का लागि योग्य ११६ जना अभिकर्तालाई सम्मानित

नेपाल लाइफले ‘एमडीआरटी अचिभर्स अवार्ड २०२४’ का लागि योग्य ११६ जना अभिकर्तालाई सम्मानित

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पुष २३ गते हायत रिजेन्सी काठमाडौंमा ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२४ भव्यता पूर्वक सम्पन्न गरेको छ । सन् २०२३ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एम.डी.आर.टी २०२४’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मानित गरिएको हो ।

कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको समुद्घाटन गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिन भित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउदा मन हर्षित भएको बताए । “पराक्रमी गति, आक्रामक नीति ” भन्ने नाराका साथ कम्पनीले मनाई रहेको सार्क वर्ष २०८०÷८१ को उदेश्यलाई शिरोधार्य गर्दै व्यवसाय विस्तारमा दत्त चित्त भई कार्य सम्पादन गर्न सम्पूर्ण अभिकर्तालाई आग्रह गरे ।

नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढी हिस्सा ओगटेको र आगामी दिनमा आम नागरिक बीच बीमाको पहुँचलाई विस्तार गर्दै कम्पनीको उपस्थितिलाई झन् बलियो बनाउन आग्रह गरे । बीमकको माग अनुरुप बजार सुहाउँदो बीमा योजनाहरु निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रुत गतिमा तयारी गरी रहेको जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उहाँहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको र यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लाग्नुभएका सम्पूर्ण अभिकर्ताहरुलाई हृदयदेखि नै धन्यवाद ज्ञापन गरेका थिए । नेपाल लाइफ आफैमा जीवन बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु हामी सबैको लागि हर्षको विषय रहेको बताउनु भयो । वरिष्ठ संचालक श्री कमलेश कुमार अग्रवालले अभिकर्ता भनेको प्रगतिको सहयात्री भएको र सोको महत्तालाई मनन गर्दै आम नेपाली नागरिकलाई बीमाको उपयोगिता र औचित्यता प्रकाश पार्न सकिएमा नेपालको बीमा बजारमा प्रचुर सम्भावना रहेको र यसलाई मूर्तता प्रदान गर्न ठोस कार्ययोजना सहित अघि लम्कन आग्रह गरे । एमडीआरटी वित्तीय क्षेत्रमा ख्यातिप्राप्त अवार्ड रहेको र यसबाट सम्मानित हुने सबैलाई बधाई तथा आगामी दिनको लागि शुभकामना ज्ञापन गरे । एमडीआरटी मा योग्य हुनु भएका अभिकर्ताहरुले उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न आग्रह गर्नु भयो । अभिकर्ताको प्रगति उन्नतिनै कम्पनी प्रगति हो भन्ने विचार व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संचालक विमल प्रसाद ढकालले यस कम्पनीका बीमा अभिकर्ताहरुले बीमालाई नेपालीको घरदैलोमा पु¥याउन गर्नु भएको योगदानका निम्ति धन्यवाद ज्ञापन गरे । उत्कृष्ट व्यवसाय गर्दै सम्मानित हुनुभएका सम्पूर्ण बीमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा थप सफलताको लागि शुभकामना व्यक्त गरे । उनले मान्छेले जे परिकल्पना गर्छ त्यहि नै प्राप्त गर्ने हुँदा ठुलो उद्देश्य लिई अगाडी बढ्न आग्रह गरे । यस कम्पनीका बीमा अभिकर्ताहरु ठुलो रुखको मुनि रहनु भएका कारण बजारमा जान सजिलो रहेको र सोलाई बजारीकरण गर्दै बीमाको पहँुचलाइ आम नागरिक बीच पु¥याउन आग्रह गरे ।

720
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?