जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • सिटिजन लाइफद्वारा मृत्यु दावी भुक्तानी

सिटिजन लाइफद्वारा मृत्यु दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाले स्वर्गीय टिकाराम बिकको परिवारलाई घरमै पुगेर मृत्यु दावी बापतको रकम हस्तान्तरण गरेको छ ।

सिटिजन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखामा बीमा गरेका टिका राम बिकको मृत्यु भएसँगै कम्पनीले मृत्यु दावी भुक्तानी वापतको रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

बाग्लुङ नगरपालिका वडा नम्बर ७ घर भएका मृतकका परिवारलाई घरमै पुगेर ५ लाख ९५ हजार ५०० रुपैयाँको चेक हस्तान्तरण गरेको शाखा प्रमुख कमला शर्माले बताइन् । बिक ले २०७७ चैत्रमा ५ लाख विमाँकको बीमा गरेका थिए ।

कम्पनीले हकवाला श्रीमती माया बिक लाई बीमा दावी रकम हस्तान्तरण गरेको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ क्षेत्रका क्षेत्रिय प्रमुख दीपेन्द्र शर्मा लम्सालले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?