जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बैंकले बीमालेख बिक्री गर्न पाउने

बैंकले बीमालेख बिक्री गर्न पाउने

राष्ट्र बैंकले बैंकास्योरेन्स बन्द गरिदिएपछि त्यसलाई खुलाउन बैंकर तथा बीमा कम्पनीहरुले निरन्तर रुपमा दबाब दिएपछि उसले बैंकास्योरेन्स पुनरावलोकन गर्ने संकेत दिएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा बैंकहरुले बीमालेख बिक्री गर्न पाउने पुरानो व्यवस्थालाई निरन्तरता दिने तयारीमा राष्ट्र बैंक पुगेको छ ।

बैंकर, बीमा कम्पनी र अभिकर्ताको विरोधपछि नेपाल राष्ट्र बैंकले अन्तराषर््िट्रय अभ्यास हेरेर आवश्यक निर्णय गर्ने आश्वासन दिएको थियो । बैंकहरुले बोल्न नसक्ने ऋणीलाई जबरजस्ती बीमालेख बिक्री गर्नुको साटो करोड करोड रुपैयाँ कर्जा लिनेहरुलाई बीमालेख बिक्री गर्नु पर्ने राष्ट्र बैंकले भनाई थियो । तर, पछिल्लो समय उक्त भनाईमा राष्ट्र बैंक लचिलो भएको हो ।

राष्ट्र बैंकले विकृति रोक्ने नाममा बीमालेख नै बिक्री गर्न नपाउने व्यवस्था गर्नु उचित नभएको बैंकरहरुले बताउँदै आएका छन् । बैंकले बदमासी गरेको भए त्यसलाई कारबाही गर्न छाडेर व्यवसायमै रोक लगाउने काम हुनु गलत भएको उनीहरुले भन्दै आएका छन् ।

बैंकमार्फत बीमालेख खरिद गर्दा बीमितलाई नै सजिलो हुने बैंकहरुले राय राख्दै आएका छन् । बैंकमार्फत बीमा गर्दा बीमितको प्रिमियम सिधै बैंक खाताबाट काटिने हुँदा उनीहरुलाई धेरै सजिलो हुने तर्क बैंकरहरुले राख्दै आएका छन् ।

बैंकहरुलाई बीमा बीमालेख बिक्री गर्ने अनुमति दिँदा साना ऋणीका साथै उनीहरुको साक्षी बसेका समेतलाई बीमा गर्न बाध्य बनाउन थालेपछि राष्ट्र बैंकले बाध्य भएर रोक्नु परेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । बैंकहरुको हर्कतले भयाभह रुप लिएपछि रोक्न बाध्य हुनु परेको राष्ट्र बैंकले बताउँदै आएको थियो ।

बैंकहरुले बीमालेख बिक्री गर्न थालेपछि बीमा अधिकर्ताहरुले पनि विरोध गर्दै आएका थिए । कतिपय पहुँचवाल अभिकर्ताहरुले राष्ट्र बैंकमै गएर बैंकहरुले बीमा लेख बेच्न नपाउने व्यवस्था गरिदिन लविङ समेत गरेका थिए ।

बैंकहरुले करोड करोड रुपैयाँमाथिको कर्जा लिनेहरुका लागि बीमा गराउन नसक्ने तर जो बोल्न सक्दैन गरिव छ उसलाई चाँही बाध्यात्मक रुपमा बीमा गराउनु न्यायसंगत नभएको राष्ट्र बैंकले तर्क गर्दै आएको थियो ।

पछिल्लो समय अभिकर्ताका साथै बैंकहरुबाट पनि धेरै संख्यामा बीमा बीमालेख बिक्री  भएको थियो ।  ३ देखि ५ प्रतिशत बीमालेख बैंकहरुबाट बिक्री भइरहेका थिए । यदि बैंकहरुले बाध्यात्मक रुपमा बीमालेख बिक्री गरिरहेको भेटिएमा कारबाही गर्नुको सट्टा सिधै बीमालेख नै बिक्री गर्न नपाउनु उचित नभएको बीमा कम्पनीहरुको भनाई छ । विश्वमा नै बैंकहरुले कर्पोरेट एजेन्टको रुपमा जीवन तथा निर्जीवन बीमा बीमालेख बिक्री गर्न पाउने व्यवस्था रहेको बीमा कम्पनीको भनाइ छ ।

बीमाको दायरा बढाउन बीमा समितिले बैंकहरुलाई कर्पोरेट एजेन्टको रुपमा काम गर्न पाउने जनाउँदै आए पनि नेपाल राष्ट्र बैंकको यस्तो निर्देशनपछि केहि पनि बोलेको थिएन । बीमा बिज्ञहरुले पनि बैंकहरुले बीमा कर्पोरेट एजेन्टको रुपमा बीमा गर्न पाउने प्रचलन विश्वमा नै भएको बताउँदै आएका थिए ।

अभिकर्ता मार्फत बीमालेख बिक्री हुँदा मिस सेलिङ हुने सम्भावना धेरै हुने तर बैंकहरु मार्फत बीमालेख बिक्री गर्दा थप व्यवस्थित र सुरक्षित हुने बैंकरको भनाइ छ । पछिल्लो समय बीमा क्षेत्रमा मिससेलिङको विषय उठ्दै आएको छ । अभिकर्ताहरुले बीमा गरेको १० र १५ वर्षमै बीमाङ्क रकम डबल हुने जस्ता प्रचारले बीमितमा गलत सन्देश प्रवाह भइरहेको छ । विगमा भएको केहि घटनाहरुको प्रमुख कारण अभिकर्ताको मिस सेलिङले गर्दा पनि देखिन्छ ।

बीमा क्षेत्रमा बीमालेखको ल्याप्सेस रेसियो बढ्दै गैरहेको सन्दर्भमा बैंक मार्फत बीमा बीमालेख बिक्री हुँदा यस्तो रेसियो कम हुने बैंकरहरुको राय छ । कतिपय अवस्थामा अभिकर्ताले बीमितलाई बीमालेख नै नदिएर आफैसँग राखेको पाइन्छ । तर बैंकहरुले बीमालेख जारी हुने वित्तिकै बीमितिलाई सम्पुर्ण विवरण दिने हुँदा यसको पारदर्शिता थप बढ्ने उनीहरुको राय छ । राष्ट्र बैंकले बीमा गर्ने क्रममा आउने कमिसनका लागि बैंकिङ क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै रोक लगाएको थियो ।

6660
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?