जोडिनुहोस
शनिबार, साउन २, २०८३
शनिबार, साउन २, २०८३
  • होमपेज
  • बालाजु चोकमा एटीएम फुटाएर पैसा निकाल्ने प्रयास

बालाजु चोकमा एटीएम फुटाएर पैसा निकाल्ने प्रयास

प्रहरीले काठमाडौंको बालाजुमा रहेको माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउन खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।

आज दिउँसो २:४४ बजे बालाजु चोकमा रहेको माछापुच्छ्रे बैंक लिमिटेडको एटीएम फुटाउँदै गरेको खबर प्रहरीकोमा पुगेको थियो। तत्कालै प्रहरीको टोली घटनास्थलमा पुग्दा एटीएम फुटाउँदै गरेको अवस्थामा राधेश्याम बैठालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले फलामको रड सहित बैठालाई फेला पारेको थियो। प्रहरी वृत्त बालाजुबाट उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

2190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?