जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • एनएमबी बैंकको खस्कदो आर्थिक अवस्थाः घट्यो नाफा र आम्दानी, लाभांश क्षमता र वितरणयोग्य मुनाफामा पनि गिरावट

एनएमबी बैंकको खस्कदो आर्थिक अवस्थाः घट्यो नाफा र आम्दानी, लाभांश क्षमता र वितरणयोग्य मुनाफामा पनि गिरावट

एनएमबी बैंकले गत आवको चौथौ त्रैमाससम्ममा २ अर्ब ३३ करोड रुपैयाँबराबेको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमो सोही अवधिसम्ममा बैंकले आर्जन गरेको ३ अर्ब २२ करोड रुपैयाँको तुलनामा २७.४९ प्रतिशतले कम हो ।  

नाफा घटेको बैंकको खुद ब्याज आम्दानी पनि १०.१३ प्रतिशतले घटेर ७ अर्ब ४९ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकले समीक्षा अवधिसम्ममा १ अर्ब ६७ करोड रुपैयाँबराबरको खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८.२४ प्रतिशतले बढी हो ।  

बैंकको खुद सञ्चालन आम्दानी ८ अर्ब ८९ करोड रुपैयाँबाट घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा कायम भएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्ममा १ अर्ब १४ करोड रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ ७९ प्रतिशतले घटेर २३ करोड ८९ लाख रुपैयाँमा खुम्चिएको छ । बैंकले रिजर्भको आकार भने १७.२२ प्रतिशतले बढाएर १० अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ ।  

कर्जा प्रवाह र निक्षेप संकलनमा भने बैंकले सुधार गरेको छ । अघिल्लो आवमा २ खर्ब १० अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले गत आवको चौथो त्रैमाससम्ममा २ खर्ब २३ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गर्न सफल भएको छ ।  

यस्तै बैंकले कर्जा प्रवाह पनि २.८० प्रतिशतले बढाएर १ खर्ब ९४ अर्ब रुपैयाँ पुर्याएको छ । बैंकको वितरणयोग्य मुनाफामा ७९.०५ प्रतिशतको कमी आएको छ । अघिल्लो आवमा १ अर्ब १४ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर २३ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको लाभांश क्षमतामा पनि उल्लेख्य कमी आएको छ । लाभांश क्षमता ६.२१ प्रतिशतबाट घटेर १.३० प्रतिशतमा झरेको छ ।  

खराब कर्जा अनुपात पनि २.७५ प्रतिशतबाट बढेर ३.२७ प्रतिशत पुगेको छ । खराब कर्जा अनुपात बढेसागै बैंकले सम्भावित घाटाका लागि १ अर्ब ९२ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने बैंकले इम्पेयरमेन्ट चार्जका लागि १ अर्ब ४५ करोडको व्यवस्था गरेको थियो ।  

नाफामा कमी आएकाले बैंकको प्रतिसेयर आम्दानी पनि १७.५५ रुपैयाँबाट घटेर १२.७२ प्रतिशतमा खुम्चिएको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १५८.२७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६०६.७२ रुपैयाँ र तरलता अनुपात २९.०१ प्रतिशत कायम भएको छ ।

310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका