जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • नेपाल पुनर्बीमाका सिइओ रायमाझीले ३ करोड २० लाख नीतिगत भ्रष्टाचार गरेको आरोप सहित अख्तियारमा उजुरी

नेपाल पुनर्बीमाका सिइओ रायमाझीले ३ करोड २० लाख नीतिगत भ्रष्टाचार गरेको आरोप सहित अख्तियारमा उजुरी

नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझी पुनर्बीमा ट्रेटो सेशन गर्दा साथै अन्य व्यावसायिक कारोबारबाट करिब ३ करोड २० लाख रुपैयाँ बराबरको नीतिगत भ्रष्टाचार गर्दै कम्पनीलाई हानी नोक्शानी पुर्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । अख्तियारमा पुनर्बीमाकै एक कर्मचारीले नै बेनामको उजुरी हालेका हुन् ।

नेपाल पुनर्बीमा कम्पनीले रेट्रो सेशन गर्दा विगत २ वर्षदेखि लगातार ब्रोकर कम्पनी तथा रेट्रो पुनर्बीमकहरु सँग मिलमतो गरी कम्पनीलाई कम आय, कम सुविधा तथा कम रेट्रो कमिशन प्राप्त हुने गरी संझौता गरेको आरोप लगाइएको छ । यस बापत उनले व्यक्तिगत रुपमा उनले २ करोड ४० लाख रुपैयाँ बुझेको आरोप लगाइएको छ ।

कम्पनीले आफ्नो कोषको रकम बैंक वित्तीय संस्थामा लगानी गर्ने क्रममा रायमाझीले बैंकहरु सँग कमिशन लिने गरेको अख्तियारमा दायर गरिएको उजुरीमा उल्लेख छ । अफिस इक्वीपमेन्ट तथा मसलन्द लगायतको खर्च २० करोडबाट ४४ करोडले बढाउदै ६४ करोड पुर्याइएको भन्दै यसमा पनि उनले हरेक सामानको खरिद प्रकृयाँमा ५ प्रतिशत कमिशन बुझ्ने गरेको आरोप लगाइएको छ ।

रायमाझीले व्यक्तिगत फाइदाका लागि जस्तासुकै कार्य गर्ने गरेको भन्दै उजुरीकर्ताले उनको व्यवहार ठिक नभएको उल्लेख गरेका छन् । यस विषयमा प्रश्न गर्ने कर्मचारीलाई रायमाझीले जागिर खाइदिने भन्दै धम्की दिने गरेका छन् । उनिमाथि उजुरी परे सँगै अख्तियारले अनुसन्धान सुरु गरिसकेको छ ।

1625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?