जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काठमाडौंमा सार्वजनिक सवारी खोल्ने विषय छलफलमा नै, आजै साँझसम्ममा टुंगो लाग्ने

काठमाडौंमा सार्वजनिक सवारी खोल्ने विषय छलफलमा नै, आजै साँझसम्ममा टुंगो लाग्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबारदेखि सार्वजनिक सवारी खोल्ने विषयमा छलफल भइरहेको बताएका छन्।

काठमाडौं उपत्यकाभित्र थप एक साता निषेधाज्ञा लम्ब्याउन विषयमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहमत भएपनि सवारी साधन खोल्ने विषयमा भने कुनै टुङ्गोमा पुग्न सकेका छैनन्।  सवारी साधन खोल्दा कसरी खोल्ने भन्ने विषयमा भने गहन छलफल भएको काठमाडौंका प्रजिअ पराजुलीले जानकारी दिए।

छलफल भइरहेको छ। खोल्ने वा नखोल्ने भन्ने कुनै ठोस निर्णय गरिसकेका छैनौं। आज फेरि छलफल गरेर दिउँसो निर्णय लिन्छौं,’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।

आज उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच फेरि बैठक बसेर निर्णय हुने बताइएको छ। यसपटक थपिएको निषेधाज्ञा केही खुकुलो बनाइने तयारी गरिएको छ।

सार्वजनिक सवारी साधनलाई पनि वैज्ञानिक ढंगबाट संचालन गर्ने विषयमा छलफल भएको हो। सवारीको सिट क्षमता र जोर बिजोर नम्बरको आधारमा चल्न दिने विषयमा बैठकमा छलफल भएको हो। त्यस्तै, मानिसको भिडभाड हुने क्षेत्रहरु सपिङ मल, विद्यालय, पार्टी, सेमिनार भने अझैं केही साता खुल्न नदिने समेत सहमति भएको छ।

यसअघि समय र बार निर्धारण गरेर पसल खोल्न दिएका पसलहरुको समय केही थप गरिने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरिएको छ। थप गरिएको निषेधाज्ञा आज राति १२ बजेबाट सकिँदैछ।

3600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?