जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, भदौ १७ मा विशेष साधारण सभा

नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने, भदौ १७ मा विशेष साधारण सभा

नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ। बैंकले ८ प्रतिशत लाभांश दिने गरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको हो।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको हो। यो निर्णय अनुमोदनका लागि बैंकले भदौ १७ गतेका लागि विशेष साधारण सभा राखेको छ।

अधिकृत, जारी र चुक्ता पूँजी वृद्धिका साथै प्रबन्धपत्र र नियमावलीमा संशोधन लगायत एजेन्डामा छलफल गर्न बैंकले विशेष साधारण सभा बोलाएको हो।

विशेष साधारण सभाबाट पारित भएपछि बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्नेछ।

पछिल्लो समय प्राथमिक पुँजीकोषमा दबाबका कारण बैंकले अग्राधिकार सेयर जारी गरेर पुँजीकोष सजिलो बनाउने रणनीति लिएको देखिन्छ।

1860
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?