जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गभर्नर अधिकारीले भने- राष्ट्र बैंकका रणनीति यथार्थमा परिणत गर्ने संस्था बन्यो एनसीएचएल

गभर्नर अधिकारीले भने- राष्ट्र बैंकका रणनीति यथार्थमा परिणत गर्ने संस्था बन्यो एनसीएचएल

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) राष्ट्र बैंकले बनाएका रणनीतिलाई यथार्थमा परिणत गर्ने संस्थाको रुपमा परिचित बन्‍न पुगेको बताएका छन्। एनसीएचएलको १५औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

एनसीएचएलको वार्षिकोत्सवको अवसरमा आफूले पनि बधाई लिने उनले बताए। एनसीएचएलको संस्थापकको हैसियतमा यो गेमचेन्जर प्रोजेक्टले पाएको सफलताको बधाई आफूले पनि लिने गभर्नर अधिकारीले बताएका हुन्।

सो अवसरमा विगतको समयमा भुक्तानी सहज नहुँदा आफूहरुले भोगेको दु:ख सम्झिँदै गभर्नर अधिकारीले एनसीएचललाई हुर्काउन गरेको प्रयासहरुबारे प्रकाश पारे।

सरकारले गर्ने कुनै पनि कारोबार क्यासमा नहुने बताउँदै उनले यसमा एनसीएचएलको भूमिका ठूलो रहेको बताए। नेप्स र एनसीएचएलबीच मर्जर हुने विषयले प्रतिस्पर्धाको नाममा छरिएर लगानी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न खोजेको स्पष्ट पारे। उनले अरु सेवा प्रदायकहरुलाई पनि यहीअनुरुप अघि बढ्न निर्देशन दिए।

फाइनान्सियल सेक्टर परिवर्तनकारी क्षेत्र भएको भन्दै गभर्नर अधिकारीले डिजिटल भुक्तानीको विकल्प नभएको बताए। यसले क्यास प्रयोगले हुने विकृति रोक्न सघाउ पुग्ने जानकारी दिए। राष्ट्र बैंकले कुनै पनि सेवा प्रदायकलाई संरक्षण गर्दै अघि बढ्ने उनले बताए।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका