जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • एनएलजी इन्स्योरेन्सले कमायो २५ करोड ३३ लाख नाफा, दोहोरो अंकले बढायो व्यापार

एनएलजी इन्स्योरेन्सले कमायो २५ करोड ३३ लाख नाफा, दोहोरो अंकले बढायो व्यापार

एनएलजी इन्स्योरेन्सको नाफा झन्डै २२ प्रतिशत बढेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

कम्पनीले गत आवमा २५ करोड ३३ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा २१.७७ प्रतिशत बढी हो । अघिल्लो आवमा पनि कम्पनीले २० करोड ८० लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको व्यापार बढेसँगै नाफामा पनि बढोत्तरी देखिएको हो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन भने १.८८ प्रतिशत बढेर ७५ करोड २१ लाख ७ हजार रुपैयाँ कायम भएको छ । यद्यपि, अघिल्लो आवमा पनि कम्पनीको यस्तो बीमा शुल्क आर्जन ७५ करोड ८२ लाख ३८ हजार रुपैयाँ नै थियो ।

गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन भने ११.१२ प्रतिशत बढेर २ अर्ब ५८ करोड २३ लाख ९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्पनीले २ अर्ब ३२ करोड ३९ लाख ९६ हजार रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको थियो ।

हाल कम्पनीको प्रतिसेयर आम्दनी (इपिएस) १६ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ३८ पैसा रहेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ छ । कम्पनीले विशेष जगेडा कोषमा १ अर्ब ३७ करोड ३ लाख रुपैयाँ राखेको छ । महाविपत्ति कोषमा भने ८ करोड ४५ लाख र रिटेण्ड अर्निङ १२ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका