जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकको अगुवाईमा मेवा खोला जलविद्युत् आयोजनामा ७ ओटा बैंकले लगानी गर्दै

सिटिजन्स बैंकको अगुवाईमा मेवा खोला जलविद्युत् आयोजनामा ७ ओटा बैंकले लगानी गर्दै

सिटिजन्स बैंकको अगुवाईमा मेवा खोला जलविद्युत् आयोजनामा ७ ओटा बैंकले लगानी गर्ने भएका छन् ।

ताप्लेजुङ जिल्ला मेरिङदेन गाँउपालिकामा निर्माण हुने युनाइटेड मेवा खोला हाइड्रोपावर प्रवर्द्धक रहेकोे ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा कुमारी बैंक, मेगा बैंक, नेपाल इन्फ्रास्ट्रचर बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआइ बैंक र सिभिल बैंकले रू. ७०० करोड (६७५ करोड आवधिक कर्जा र २५ करोड २५ करोड चालू पूजी कर्जा) ऋण लगानी गर्ने भएका हुन्

हाइड्रोपावर कम्पनी र बैंकहरु बीच बिहीवार वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण सम्झौता भएको हो ।

परियोजनाको अनुमानित लागत करीब ९ अर्ब मा बैंकहरुले ७५:२५ को ऋणःस्वपुँजी अनुपातमा ६ अर्ब ७५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट १ अर्ब ४५ करोड, कुमारी बैंकबाट १ अर्ब, मेगा बैंक नेपालबाट १ अर्ब, नेपाल इन्फ्रास्ट्रचर बैंकबाट १ अर्ब नेपाल एसबिआइ बैंकबाट ८० करोड, सिद्धार्थ बैंकबाट १ अर्ब, र सिभिल बैंकबाट ५० करोड लगानी हुनेछ भने २५५ स्वपूँजी प्रवर्द्धकहरुबाट जुटाइने जानकारी दिइएको छ ।

आयोजनाको निर्माण आगामी तीन वर्ष भित्रमा नै निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ जसका लागि नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रकृया पूरा गरी आयोजना निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जानकारी दिएको छ ।

निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको कोशी कोरिडोर अन्तर्गको ढुंगेसाँघु स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट हिउँदमा ९७ दशमलव ४२४ गिगावाट घन्टा र वर्खामा २०५ दशमलव ५८७ गिगावाट गरी वार्षिक ३०३ दशमलव ११ गिगावाट घन्टा विद्युत् उत्पादन हुने बताइएको छ ।

6040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?