जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • दोब्बर बढ्यो आइएमई लाइफको नाफा: बिजनेश ग्रोथ पनि दोहोरो अंकमा

दोब्बर बढ्यो आइएमई लाइफको नाफा: बिजनेश ग्रोथ पनि दोहोरो अंकमा

आइएमई लाइफको नाफा एकै वर्ष दोब्बर बढेको छ ।

गत आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले खुद ५१ करोड ४५ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १४५.०५ प्रतिशत अर्थात् २.४५ गुणा बढी हो । अघिल्लो आवमा पनि कम्पनीले २० करोड ९९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत वर्ष कम्पनीको व्यापार अर्थात् कुल बीमा शुल्क आर्जन पनि दोहोरो अंकले बढेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको यस्तो बीमा शुल्क १३.२४ प्रतिशत बढेर ४ अर्ब ७४ करोड ११ लाख ३१ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा पनि कम्पनीको कुल बीमा शुल्क आर्जन ४ अर्ब १८ करोड ६९ लाख रुपैयाँ बढी थियो ।

खुद बीमा शुल्क आर्जन पनि १४.४३ प्रतिशत बढेको छ । अघिल्लो आवमा कम्पनीको यस्तो बीमा शुल्क आर्जन ३ अर्ब ९५ करोड १९ लाख ३९ हजार रुपैयाँ रहेको थियो । तर, गत आवमा आइपुग्दा भने भने बढेर ४ अर्ब ५२ करोड २१ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) १० रुपैयाँ २९ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ५९ पैसा छ।

हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार पनि ४१.५७ प्रतिशत बढेर ९ अर्ब ९९ करोड १२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

हाल कम्पनीले सेयर प्रिमियम ५२ करोड ३८ लाख, रिटेन्ड अर्निङ्गमा १ अर्ब २ करोड २२ लाख र अन्य इक्विटीमा ५५ करोड ६० लाख रुपैयाँ राखेको छ। कम्पनीको महाविपत्ति कोषमा भने १७ करोड ७४ लाख रुपैयाँ देखिएको छ ।

430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका