जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • २० वाणिज्य बैंकहरुले करिब ३० अर्ब पैसा राज्यलाई आयकर तिर्ने, पहिलो नबिल बैंक, दोस्रो प्रभु बैंक, तेस्रो ग्लोबल आईएमई बैंक चौथो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडः सबै भन्दा कम कर तिर्नेमा एनआईसी एशिया बैंक !

२० वाणिज्य बैंकहरुले करिब ३० अर्ब पैसा राज्यलाई आयकर तिर्ने, पहिलो नबिल बैंक, दोस्रो प्रभु बैंक, तेस्रो ग्लोबल आईएमई बैंक चौथो नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडः सबै भन्दा कम कर तिर्नेमा एनआईसी एशिया बैंक !

नेपालका २० वाणिज्य बैंकहरुले यस वर्ष सरकारलाई करिब ३० अर्ब आयकर बुझाउने उनीहरुकै वित्तिय विवरणबाट प्रस्टै देखिन्छ भन्दा अब फरक पर्दैन । बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा सरकारलाई आयकर तिर्नुपर्ने व्यवस्था छ भन्दा फरक पर्दैन । यस वर्ष सदा झै नेपालको नम्बर वान बैंक नबिल बैंकले राज्यलाई सबैभन्दा बढि आयकर तिर्ने देखिन्छ । यसपटक दोस्रोमा राज्यलाई कर तिर्नेमा युवा बैंकर अशोक शेरचन सीइओ रहेको सेञ्चुरी कर्मशियल बैंकसंग मर्जर गरेर बनेको प्रभु बैंक रहेको भेटिएको छ । राज्यलाई आयकर तिर्नेमा तेस्रोमा नेपालकै सबैभन्दा बढि पुँजी भएको ग्लोबल आईएमई बैंक र चौथोमा भेट्रान बैंकर ज्योति प्रकाश पाण्डे सिइओ रहेको मेगा बैंकसंग मर्जर गरेर बनेको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक परेको देखिन्छ ।

बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा सरकारलाई आयकर तिर्नुपर्ने व्यवस्था छ भन्दा फरक पर्दैन । यस वर्ष सदा झै नेपालको नम्बर वान बैंक नबिल बैंकले राज्यलाई सबैभन्दा बढि आयकर तिर्ने देखिन्छ । यसपटक दोस्रोमा राज्यलाई कर तिर्नेमा युवा बैंकर अशोक शेरचन सीइओ रहेको सेञ्चुरी कर्मशियल बैंकसंग मर्जर गरेर बनेको प्रभु बैंक रहेको भेटिएको छ ।

सधैं विवादमा फस्दै आएको नक्कली नाफा देखाउदै ठूला बैंकलाई तर्साउदै आएको ८÷१० वर्षको बैकिङ्ग अनुभव भएका बैंकर रोशन कुमार न्यौपाने सिइओ रहेको एनआईसी एशिया बैंक नाफामा पनि घाटामा रहेको यस बैंकले राज्यलाई पनि २० वाणिज्य बैंक मध्ये सबैभन्दा कम आयकर बुझाउने उसकै वित्तिय विवरणबाटै प्रस्टै देखिएको छ भन्दा फरक पर्दैन । बैंकले कर किन यति कम राज्यलाई तिर्दैछ यो चाहि खोजीकै विषय बनेको छ । गभर्नर साब हेक्का होस् ।

बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । गत आवमा उनीहरुको कुल नाफा ९४ अर्ब १४ करोड १९ लाख रुपियाँ थियो ।

वाणिज्य बैंकहरुको आयकर झण्डै ३० अर्ब पुगेको देखिन्छ । गत आवको वित्तीय विवरणका अनुसार वाणिज्य बैंकहरुले सरकारलाई २९ अर्ब ९८ करोड ८९ लाख रुपैयाँ आयकर राज्यलाई तिर्ने भएका हुन् । बैंकहरुले नाफाको ३० प्रतिशतको दरमा आयकर तिर्नुपर्ने व्यवस्था छ । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । गत आवमा उनीहरुको कुल नाफा ९४ अर्ब १४ करोड १९ लाख रुपियाँ थियो । आयकर तिरेपछि बैंकहरुको खुद नाफा ६४ अर्ब १५ करोड ३० लाख ९१ हजार रुपैयाँ कायम भएको छ । वाणिज्य बैंकहरुले तिर्ने कर गत आवमा १६ प्रतिशतले बढेको देखिन्छ । अघिल्लो आव २०७९–८० मा वाणिज्य बैंकहरुले २५ अर्ब ९१ करोड २८ लाख ८१ हजार रुपैयाँ आयकर तिरेका थिए । भन्दा फरक पर्दैन ।
कुन बैंकको आयकर कति ?
१. नविल बैंक – दुई अर्ब ७३ करोड ५२ लाख ४३ हजार
२. प्रभु बैंक – दुई अर्ब ५७ करोड ३६ लाख २६ हजार
३. ग्लोबल आईएमई बैंक – दुई अर्ब ५५ करोड १२ लाख ६४ हजार
४. नेपाल इन्भेष्टमेण्ट मेगा बैंक – दुई अर्ब १४ करोड ४१ लाख ५९ हजार
५. एभरेस्ट बैंक – एक अर्ब ९० करोड चार लाख १७ हजार
६. राष्ट्रिय वाणिज्य बैंक – एक अर्ब ८९ करोड ९४ लाख ५८ हजार
७. प्राइम कर्मशियल बैंक – एक अर्ब ६५ करोड ३९ लाख १८ हजार
८. कृषि विकास बैंक – एक अर्ब ६४ करोड तीन लाख१५ हजार
९. कुमारी बैंक – एक अर्ब ६२ करोड पाँच लाख २९ हजार
१०. स्ट्यान्डर्ड चार्टर्ड बैंक – एक अर्ब ४१ करोड ८१ लाख २३ हजार
११. सिद्धार्थ बैंक – एक अर्ब ३४ करोड ४५ लाख ७० हजार
१२. लक्ष्मी सनराइज बैंक – एक अर्ब २३ करोड ५७ लाख ३३ हजार
१३. नेपाल बैंक – एक अर्ब २३ करोड ४६ लाख ९५ हजार
१४. हिमालयन बैंक – एक अर्ब २० करोड ८३ लाख २२ हजार
१५. एनएमबी बैंक – एक अर्ब ६६ लाख २६ हजार
१६. सनिमा बैंक – ९७ करोड २३ लाख ७६ हजार
१७. नेपाल एसबीआई बैंक – ८६ करोड ५३ लाख २८ हजार
१८. सिटिजन्स बैंक – ७४ करोड ४३ लाख ७७ हजार
१९. माछापुच्छ्रे बैंक – ६९ करोड पाँच लाख १५ हजार
२०. एनआईसी एशिया बैंक – ५४ करोड ९३ लाख नौ हजार रहेको देखिन्छ । सचेत भया ।(आर्थिक बजार मासिकबाट साभार गरिएको सामाग्री)

410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका