जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २६%ले बढ्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन २६%ले बढ्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८ /८० को तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि दृखिएको छ भने कम्पनीको खुद दाबी भुक्तानी भने सामान्य घटेको तथ्याङमा देखिएको छ ।

अवधिमा कम्पनीले २३ करोड ७ लाख ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ६४ लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ६ प्रतिशतले बढी हो ।

२ अर्ब २३ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ८७ करोड ५१ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ५६ करोड ५ लाख रुपैयाँ संचिती रहेको थियो । यस अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब २० करोड ९८ लाख रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीको जीवन बीमा कोषमा १ अर्ब १३ करोड ७२ लाख रुपैयाँ थियो ।

त्यस्तै, यस अवधिसम्ममा कम्पनीले ८९ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० करोड ६६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन २६ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीले ३६ करोड ८१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड ३९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले दाबी भुक्तानी कम तिरेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा रहेको छ । पिइ अुपात ४१.९६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा रहेको छ ।

1050
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका