जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • गाडी कर्जाको माग २२ प्रतिशतले घट्यो

गाडी कर्जाको माग २२ प्रतिशतले घट्यो

नेपाल राष्ट्र बैंकका अनुसार गाडी कर्जाको माग घटेको छ । आर्थिक वर्ष २०८०।८१ मा गाडी कर्जाको माग २२ प्रतिशतले घटेको हो । समीक्षा वर्षमा १ खर्ब २४ अर्ब १० करोड रुपैयाँबराबरको गाडी कर्जा बैंकहरुबाट गएको देखिन्छ। अघिल्लो वर्ष बैंकहरुबाट १ खर्ब ५९ अर्ब २० करोड रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो। यो हिसाबले गाडी कर्जा २२ प्रतिशतले घटेको छ।

तथ्यांकअनुसार व्यावसायिक प्रयोजनका लागि लिइने गाडी कर्जाको माग घटेको छ भने व्यक्ति प्रयोजनका लागि लिइने गाडी कर्जाको माग भने सामान्य बढेको छ।

समीक्षा वर्षमा बैंकहरुबाट व्यावसायिक गाडी कर्जा ८७ अर्ब २६ करोड रुपैयाँ प्रवाह भएको छ। अघिल्लो वर्ष यस्तो कर्जा १ खर्ब २२ अर्ब ४८ करोड रुपैयाँ थियो। व्यावसायिक गाडी कर्जाको माग २८.८ प्रतिशतले घटेको छ।

यसैगरी व्यक्तिगत प्रयोजनका लागि लिइएको गाडी कर्जा ३६ अर्ब ६८ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकहरुबाट ३६ अर्ब ७१ करोड रुपैयाँ व्यक्तिगत गाडी कर्जा प्रवाह भएको थियो। व्यक्तिगत गाडी कर्जा ०.३ प्रतिशतले बढेको छ।

520
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका