जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • बैंक तथा वित्तीय संस्थाको शेयरमूल्य बढ्दा अन्य सूचकमा किन बल्छ हरियो बत्ती ?

बैंक तथा वित्तीय संस्थाको शेयरमूल्य बढ्दा अन्य सूचकमा किन बल्छ हरियो बत्ती ?

के तपाइहरुले ख्याल गर्नु भएको छ । सामान्यतया वाणिज्य बैंकको शेयरमूल्य बढ्दा शेयर बजारको अन्य सूचक पनि हरियो हुन्छ । किन यस्तो हुन्छ त ? किनभने पूँजीबजारमा वैंक तथा वित्तीय संस्थाको हिस्सा सबैभन्दा धेरै  छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको गत आर्थिक वर्ष असार मसान्तसम्मको तथ्यांक हेर्दा सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.३ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.४ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.२ प्रतिशत छ । 

बैंक तथा वित्तीयको एकआपसमा (मर्जर) गाभिएपछि यी संस्थाहरुको चुक्तापूँजी धेरै छ । चुक्तापूँजी धेरै भएका कम्पनीहरुको मूल्य थोरै बढ्दा  पनि परिसूचक हरियो हुने लगानीकर्ता देव गुराँगाइ बताउँछन् । उनले भने, ‘पूँजीबजारका लागि बैंक तथा वित्तीय संस्थाको भनेको ठूलो पोखरी जस्तै हो, त्यहाँ सानो ढुंङ्गा हान्दा पनि तरङ्ग उत्पन्न हुन्छ । हो त्यस्तै  हो,पूँजीबजारका लागि बैंक तथा वित्तीय संस्था ।’

२०८१ असार मसान्तमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् ।

२०८० असारमा सूचीकृत कम्पनीहरूको संख्या २५४ रहेक थियो ।पछिल्लो समय शेयर बजार बुलिश ट्रेण्डमा रहेको छ । लगानीकर्ताको बजार पूँजीकरण ४७ खर्ब ११ अर्ब रुपैयाँ १४ करोड रुपैयाँ पुगेको छ ।

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका