जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • खनाल बाहिरिएको १ महिनापछि कुमारी बैंकको डिसीइओमा पाण्डेको इन्ट्री

खनाल बाहिरिएको १ महिनापछि कुमारी बैंकको डिसीइओमा पाण्डेको इन्ट्री

एनआइसी एशिया बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ) सुधिरनाथ पाण्डे कुमारी बैंक ज्वाइन गरेका छन् । पाण्डे आजैदेखी कुमारी बैंकको डिसिईओको रुपमा ज्वाइन गरेका हुन् ।

एनआइसी एशिया छोडेको ६ महिनापछि उनी पुनः बैंकिङ्ग क्षेत्रमै फर्केका हुन् । क्रेडिटमा एक्पर्ट मानिने पाण्डेलाई कुमारी बैंकले डिसीइओको रुपमा भित्र्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले बताए ।

कुमारी बैंकका चिफ रिस्क अफिसर विकास खनालले एक महिना अघिनै आफु बैंकिङ नगर्ने भन्दै बाहिरिएका थिए । बैंकिङ्ग क्षेत्रमा दुई दशक बढी समय बिताएका खनालले कुमारी छाडेपछि पाण्डेको इन्ट्री भएको हो । उनी जोखिम व्यवस्थापन र संचालन दुवैमा दख्खल छन् ।

एनआइसी एशिया बैंकको डिसीइओबाट गत फागुनमा राजिनामा दिएका पाण्डे अब कुमारी बैंकबाट पुनः बैंकिङमा फर्किएका हुन् । गत माघ २४ गते पाण्डेले एनआइसी एशियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपानले समक्ष पाण्डेले राजिनामा बुझाएका थिए । उनको राजिनमा गत फागुन ९ गते स्वीकृत भएको थियो ।

आफ्नै छुट्टै व्यवसाय संचालन गर्ने भन्दै एनआइसी एशियाबाट बाहिरिएका पाण्डे अन्ततः बैंकिङ्ग क्षेत्रमै फर्किन लागेका हुन् । पाण्डेले निकै लामो समयदेखि बैंकिङ्ग क्षेत्रमा रहेर काम गरेका छन् । उनको बैंकिङ्ग क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव छ । तत्कालिन नेपाल ग्रीण्डलेज बैंक अर्थात् हाल स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट उनको बैंकिङ्ग क्षेत्रमा प्रवेश भएको थियो । २०४६ साल मंसिरबाट बैंकिङ्ग करियर सुरु भएको थियो ।

नेपाल ग्रीण्डलेजपछि साविकको लक्ष्मी बैंकमा पनि काम गरेका थिए । एनआइसी एशिया बैंकको पनि विभिन्न विभागमा रहेर २०७५ मंसिरदेखि डेपुटी सीइओको रुपमा कार्यरत थिए ।

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका