जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित हुदैं

नबिल बैंकको ३४ प्रतिशत लाभांश पारित हुदैं

नबिल बैंकको ३५ औं वार्षिक साधारण सभा पुस २२ गते हुदैछ । बैंकले यस वर्षको लागि ३४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
१२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत २२ प्रतिशत नगद लाभांश यस वर्षका लागि तय गरिएको हो ।

बैंकले विहान १० बजे नेपाल पज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सभा बोलाएको हो । लाभांश वाहेक सभाले गत आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ भने चालू आर्थिक वर्ष २०७६/७७ को लेखा परिक्षणका लागि चार्टर्ड एकाउण्टेण्ट्स जोशी एण्ड भण्डारीलाई पुनः नियुक्ती गर्नेछ । साथै सभाले बैंकको अधिकृत पूँजी बृद्धि गरी रू. ११ अर्ब पु¥याउने प्रस्ताव समेत पारित गर्नेछ ।

नबिलले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस ८ गते एक दिन बुक क्लोज गरेको छ । यस आधारमा पुस ७ गतेसम्म कायम शेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

9755
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका