जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • नेप्से ६.०१ अंकले बढ्यो, ५ विकास बैंकमा पोजेटिभ सर्किट, १९ अर्ब १६ करोडको कारोबार

नेप्से ६.०१ अंकले बढ्यो, ५ विकास बैंकमा पोजेटिभ सर्किट, १९ अर्ब १६ करोडको कारोबार

साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ। कारोबार खुलेदेखि उचारचढावपूर्ण बनेको बजार बिहीबार ६.०१ अंकले बढेर परिसूचक २९७४.४६ विन्दुमा पुगेको छ। इन्भेष्टमेन्ट, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा कम्पनी, अन्य र ट्रेडिङ बाहेकका उपसमूहले बजार बढाएका हुन्।

विकास बैंकको सूचक सर्वाधिक ४.५२ प्रतिशतले वृद्धि भएको छ। सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेका ७ कम्पनीमध्ये ५ विकास बैंक छन्। नारायणी, कर्पोरेट, ज्योति, सिन्धु र सप्तकोशी विकास बैंकको सेयरमा सर्किट लागेको छ। तारागाउँ रिजेन्सी र थ्रीस्टार हाइड्रोपावरको सेयरमा पनि सर्किट लागेको छ।

कारोबारमा आएका ३३३ मध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ। १०९ कम्पनीको सेयरमूल्य घटेको छ। घटेकामध्ये एसबीएल डिबेन्चरको सर्वाधिक १० प्रतिशतले घटेको छ।

१९ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ। शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक १ अर्ब ३ करोड र अरुणभ्याली हाइड्रोपावरको ४७ करोड ४७ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

2180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका