जोडिनुहोस
सोमवार, कार्तिक १२, २०८१
सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • राष्ट्र बैंकद्वारा पाँच रेमिट्यान्स कम्पनीको अनुमति खारेज

राष्ट्र बैंकद्वारा पाँच रेमिट्यान्स कम्पनीको अनुमति खारेज

 नेपाल राष्ट्र बैंकले पाँच वटा रेमिट्यान्स कम्पनीको इजाजतपत्र खारेज गरेको छ । खारेजीमा परेका रेमिट्यान्स कम्पनीहरुमा ग्लोबल माउन्टेन रेमिट प्रालि,राम्रो रेमिट प्रालि, संसार रेमिट प्रालि ललित मनि ट्रान्सफर प्रालि र माक्स मनि ट्रान्सफर प्रालि छन् ।

विप्रेषण कारोबार गर्न इजाजतपत्र प्राप्त गरेका ती रेमिट्यान्स कम्पनीहरूको इजाजतपत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधनसहित) को विनियम १३ को उप ( विनियम ९१०० को खण्ड (ङ) र सोही विनियमको उपविनियम (११) को खण्ड (क) र (ग) बमोजिम स्वतः खारेज हुने देखिएका केन्द्रीय बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

ती कम्पनीसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन रकम बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय विभागमा लिखित निवदेन पनि सूचनामा भनिएको छ ।

480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका