जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • गभर्नरको राजीनामा माग्दै आन्दोलन भएपछि एफएनसीसीआई रक्षात्मक, आन्दोलन स्थगित गर्ने निर्णय

गभर्नरको राजीनामा माग्दै आन्दोलन भएपछि एफएनसीसीआई रक्षात्मक, आन्दोलन स्थगित गर्ने निर्णय

बढ्दो ब्याजदरलाई लिएर राष्ट्र बैंकका गभर्नरकै राजीनामा माग्दै आन्दोलन आक्रामक बनेपछि नेपाल उद्योग वाणिज्य महासंघले निर्वाचनसम्मका लागि विरोध कार्यक्रम स्थगितको निर्णय गरेको छ।

महासंघमा बुधबार भएको पदाधिकारीको आकस्मिक बैठकले निर्वाचनसम्मका लागि आन्दोलन स्थगित गर्न प्रदेश च्याप्टर र सदस्य संस्थालाई आग्रह गर्ने निर्णय गरेको हो। महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले निर्वाचनका बेलामा आन्दोलन गर्नु उपयुक्त नहुने भएकाले स्थगित गर्ने निर्णय भएको बताए।

उनले बढ्दो ब्याजदरको समस्या समाधान गर्न वार्तालाई अघि बढाउने निर्णय भएको बताए। महासंघको निर्णयप्रति केही व्यवसायी भने असन्तुष्ट छन्। स्रोतका अनुसार व्यवसायी संकटमा परेको बेला भएको आन्दोलनलाई दबाउने निर्णय नेतृत्व तहबाट भएको एक केन्द्रीय सदस्यले बताए। ‘आन्दोलन स्थगित गर्ने निर्णय गर्नु भनेको व्यवसायीको मुद्दालाई नजरअन्दाज गर्नु हो,’ उनले भने, ‘राष्ट्र बैंकबाट ठूलै दबाब आएकोले आन्दोलन स्थगित भएको देखिन्छ।’

पदाधिकारी बैठकले तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पुँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघ सदस्य/नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघले राखेको मागमा भने ऐक्यवद्धता जनाएको छ। महासंघले निजी क्षेत्रको माग संवोधन नभए आन्दोलनमा जाने चेतावनी समेत दिएको छ।

आर्थिक तथा वित्तीय अवस्था बिगार्न भूमिका खेलेको भन्दै पूर्वका व्यवसायीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका थिए। बैंकको चर्को ब्याजका विरूद्ध सडकमा उत्रिएका व्यवसायीले बुधबार विराटनगरमा मौन–जुलुसपछि राष्ट्र बैंक प्रदेश १ कार्यालयको गेटमा आयोजित कोणसभामा गभर्नर अधिकारीको राजीनामा माग गरेका हुन्।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त आयोजनामा भएको कार्यक्रममा गभर्नरको राजीनामा माग गरिएको थियो।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले निर्वाचनका कारण मंसिर १५ सम्म आन्दोलनका कार्यक्रम नगर्ने र त्यसपछि आन्दोलनलाई सशक्त बनाएर लैजाने बताए। उनले माग संबोधन नभए मंसिर १५पछि गभर्नरको राजीनामा माग्दै एकसुत्रीय आन्दोलनमा जाने जानकारी दिए।

1175
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?