जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एनआईसी एशिया बैंकका सञ्चालक संघाई जुवा खालबाटै पक्राउः बैंकको सवारी पास र गाडी दुरुपयोग?

एनआईसी एशिया बैंकका सञ्चालक संघाई जुवा खालबाटै पक्राउः बैंकको सवारी पास र गाडी दुरुपयोग?

आफूलाई नेपालकै सबैभन्दा ठूलो बैंक बताउँदै आएको एनआईसी एशिया बैंक भित्र एक पछि अर्को काण्डको पर्दाफास हुँदै आएको छ ।
सुन्दा पनि अचम्म लाग्ने हेर्दा त घिन लाग्ने काम एनआईसी एशिया बैंक लिमिटेडका संचालक रामचन्द्र संघाईबाट भएको छ । भन्दा अचम्म लाग्ला । तर, यो सत्य हो ।

कथा मिठो छ, भारतीय नागरिक संचालक रहेको कमलादीको गगौर बुटिक होटलमा एनआईसी एशिया बैंकको सवारी पास र गाडी दुरुपयोग गरि जुवा खेली रहेको अवस्थामा बैंक संचालक रामचन्द्र संघाई पक्राउ परेको खुलेको छ ।
प्रहरीले उनीहरुकै घर परिवारबाट पाएको गोप्य सूचनाका आधारमा उक्त होटलमा छापामारी एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघाई, व्यापारी सुरेश कुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, नन्द किशोर शर्मा र होटल संचालक भारतीय नागरिक मिक्की जोगाई पक्राउ परेको खुलेको छ ।

सो जुवा खालबाट प्रहरीले १ सय ७९ वटा चिप्स सहित लाखौ नगद र दर्जनौ मोवाइल सेट बरामत गरेको खुलेको हो ।
समाचार स्रोतका अनुसार विगत १५ दिन देखि सो होटललाई क्यासिनो झै गरी यी उच्च घरानाका व्यापारीहरुले जुवा खेली रहेको खुलेको छ । नेपाल विगत लामो समय देखि लकडाउनमै छ । नेपालीहरु कोरोना बिरुद्ध घरमै बसी रोगको प्रतिकार गरि रहेका बेला आफूलाई ठूलो बैंक र घरानाको मालिक भनौदाहरु एउटा विवादास्पद होटलमा जुवा खाल संचालन गरि बसेको यो अनौठो घटना हो ।
समाचार स्रोतका अनुसार यी घरानाका व्यापारीहरुले बैंक, फाइनान्स कम्पनी, इन्स्योरेन्स कम्पनीहरुका सवारी पास सहित गाडी प्रयोग गरेका छन् ।


नेपालको विवादास्पद र सबै चर्चामा आउने एनआईसी एशिया बैंकका सदाबहार संचालक रामचन्द्र संघाई माथी अब एउटा प्रश्न उठेको छ । अब उनीले बैंकको संचालक पद छोड्नेकी नछोड्ने ? एउटा व्यक्तिका कारण लाखौ जनताको डिपोजिट भएको बैंक एनआईसी एशिया बैंक बदनाम मात्रै भएको छैन । बैंकको छविमा कहिले नमेटिने रोग लागेको छ । अब उनीलाई बैंक संचालक बस्ने अधिकार छैन कि गर्भनर साब ?
भनिन्छ अहिले बैंक नेतृत्व र केही संचालकहरु नै जुवाडे एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघाईलाई छुटाउन चलखेल गरिरहेको तलको यस भिडियोबाटै प्रस्ट भएको छ ।

आजै एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघाई लगायत ९ जनालाई प्रहरीले अनुसन्धानका लागि ५ दिन म्याद थप गरि प्रहरी खोरमा राखेको छ ।

मंगलबार पक्राउ परेका जुवाडेहरुलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति दिएको छ । दरबारमार्ग प्रहरी वृत्त अनुसार जुवा ऐन अन्तर्गत मुद्दा चलाउने तयारी भएको जनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहलले अनुसन्धानका लागि ५ दिनको म्याद दिएका हुन् ।

नेपालमा माडवाडी समुदायको दादागिरी बढेको देखिन्छ । विशाल गु्रपले लकडाउनकै बेला विद्युतीयबाट चल्ने १७५ वटा कार नेपाल भित्र्याएको समाचार हामीले नै पाठक सामु दिएका थियौ । यसबाट ३ अर्ब भन्दा बढि विशाल ग्रुपले रातारात बजेट आउनु भन्दा १ दिन अगाडी कमाएको छ । भने एउटा गोप्य सूचनाको आधारमा ३ करोड राजश्व राज्यलाई घाटा लागेको छ ।
यस्तै केही महिना अगाडी लकडाउनको उल्लघन गर्दै यूनियन लाईफ इन्स्योरेन्सका अध्यक्ष सुलभ अग्रवालले ज्वरो नाप्ने थर्ममिटर काला बजारी गरि लुट मच्चाउने कोसिस गरे पनि असफल भएका थिए ।

फेरि माडवारी समूदायले लकडाउन उल्लघन गर्दै बैंक, बीमा र फाइनान्स कम्पनीका गाडी र सवारी पास दुरुपयोग गर्दै जुवा खालनै संचालन गरेको भेटिएको छ । यो कस्तो अचम्म हो प्रधानमन्त्री ज्यू ?
राज्य कहाँ छ ? यी र यस्ता अवैद्य, अनैतिक काम गर्ने व्यापारीलाई कारवाहीको दायरामा ल्याउनु जरुरी अब छ कि छैन ? सचेत भया ।

 

 

 

10550
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?