जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • हुन्डाईको कार किन्दा ११ लाख रूपैयाँसम्म छुट, बम्परमा ‘मेड इन नेपाल’ भेन्यु

हुन्डाईको कार किन्दा ११ लाख रूपैयाँसम्म छुट, बम्परमा ‘मेड इन नेपाल’ भेन्यु

 हुन्डाईले दसैं तिहार लक्षित फेस्टिभ डिलाईट २०८१ योजना सार्वजनिक गरेको छ । हुन्डाई गाडीको लागि नेपालका आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना ग्राहकको दसैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन यस्तो योजना ल्याएको जनाएको छ ।

दसैं तिहारको अवसरमा हुन्डाईले विगतका वर्षहरुमा गाडीका साथै अन्य आकर्षक उपहारहरु दिँदै आएको छ । यस वर्ष पनि यहि परम्परा कायम राखि १ जना भाग्यमानी ग्राहकलाई कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्र मार्फत प्रदान गर्ने भएको हो । हुन्डाईको चाड पर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतिक्षीत योजना मानिने गरेको छ।

हुन्डार्ड फेस्टिभ डिलाइट २०८१ अन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा १० लाखसम्मको आकर्षक नगद छुट, स्क्रयाच कार्ड मार्फत थप १ लाख रुपैयाँसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी बिमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

भदौ ११ गते सुरु हुने नाडा अटो शो २०२४ मा बुकिङ्ग गर्ने ग्राहकले पनि योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीको दाबी छ । नाडा अटोशो २०२४ मा हुन्डाईको एटु स्टल भ्रमण गरेर विभिन्न उत्पादनहरुको अवलोकन गरी आफ्ना जिज्ञासाहरु पनि मेट्न सक्ने कम्पनीले जनाएको छ।

सबैै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ्ग उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व) सम्म लागू हुनेछ।

यसै अवसरमा हालै चलिरहेको हुन्डाई टेस्ट ड्राइभ एन्ड विन योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभर रहेका कुनै पनि शोरुममा गई हुन्डाई गाडीको लाइनअपबाट भर्खरै लन्च गरिएको नयाँ हुन्डाई क्रेटा र मेड इन नेपाल हुन्डाई भेन्यु टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरु हात खाली नहुने गरी प्राप्त गर्न सक्ने छन्।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १६ शोरुम, १९ सर्भिस सेन्टर तथा ४३ भन्दा बढी चार्जिङ पोइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्यमा पर्दछ।

275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?