जोडिनुहोस
सोमवार, भदौ ३१, २०८१
सोमवार, भदौ ३१, २०८१
  • होमपेज
  • सुजुकीको अफर: २ लाखसम्म छूट, ५ वर्षसम्मको पेट्रोल ‘सित्तैमा’

सुजुकीको अफर: २ लाखसम्म छूट, ५ वर्षसम्मको पेट्रोल ‘सित्तैमा’

नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार भरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । 

कम्पनीकाअनुसार यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँसम्मको नगद छूट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक  लाख रुपैयाँसम्मको  एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन सक्नेछन।  कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप  दुई  लाख  रुपैयाँसम्मको छूट प्रदान गर्नेछ । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ।  

 नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै  ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ। यो योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग  खर्चको बोझ बिना ढुक्कको  ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ।  

शुन्य रनिङ्ग खर्चको सुविधा अन्तर्गत स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पी.यम.यस, पार्ट्स र इन्जिन आयल मा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क लाग्नेछैन। 

एक्सेसरिज यो योजनामा थप १ वर्षको बीमा र सिट कभरसहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निः शुल्क पाउनेछन् भने  विक्री पछिको रिसेल भ्यालु प्रति  मनोबल अझै बढाउन ५ वर्ष पछि  २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी हुनेछ। त्यस्तै उच्च रिसल भ्यालु रहेको सुजुकी स्विफ्टमा ५ वर्षको  वारेन्टी पनि उपलब्ध छ। 

कम्पनीकाअनुसार योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन्  । 

नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो ।  नयाँ  एपिक स्विफ्टसंगै  नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र  नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।  

185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका