जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सिभिल मलमा सुरु भयो दसैँतिहार अफर, बाइक, स्कुटर जित्नेदेखि पोखरा ट्रिपसम्मको व्यवस्था

सिभिल मलमा सुरु भयो दसैँतिहार अफर, बाइक, स्कुटर जित्नेदेखि पोखरा ट्रिपसम्मको व्यवस्था

सिभिल मलमा चाडपर्व लक्षित अफर सुरु भएको छ । कोभिडका कारण यो वर्ष अफरहरु ढिलादेखि मात्र सुरु गरिएको  मलका महासचिव विश्व मास्केले बताए । मलमा गत मंगलबारदेखि दसैँ अफर सुरु भएको हो। 

नौलो अफरहरु नभए पनि मलले ग्राहक आकर्षित  गर्नका लागि गत वर्षकै हाराहारीमा उपहार राखेको उनले बताए । ग्राहकले मंगलबारदेखि नै मलमा किनमेल गरेपछि कुपनसहित विभिन्न प्रकारका उपहारहरु पाउन थालिसकेका छन्।  

मलले  यो वर्ष पनि दसैंतिहारका लागि टिभिएसको अपाचे आरटीआर बाइक, एलजी, सीजी इलेक्ट्रोनिक प्रोडक्टहरु, पोखराको ट्रिप प्याकेज र गिफ्ट सर्टिफिकेटसम्मको व्यवस्था गरेको सिभिल मलका म्यानेजर अमिर ठकुरीले बताए। 

ग्राहकले सपिङ गरेपछि मलले कुपन उपलब्ध गराउँछ, जसमा लक्की ड्रमार्फत विजेता घोषणा हुन्छ। मलमा सपिङ गर्ने ग्राहकले एक हजार भन्दा बढीको सामान खरिद गर्दा अन्य आकर्षक पुरस्कारको पाउने उनले बताए। 

एक लक्की ग्राहकले बम्पर गिफ्टमार्फत टीभीएस आरटीआर १६० २भी बाइक पाउने छन् भने ग्यापुमार्फत हरेक हप्ता एक ग्राहकले १० हजार रुपैयाँको भौचर पाउने बताइएको छ। मलले यो पटक अनलाइनमार्फत धेरै उपहारहरु राखेको जनाएको छ। यसअघि मलबाट नै ग्राहकलाई उपहार दिँदै आएको थियो।

मलले असोज १२ गतेदेखि मंसिर ४ गतेसम्म संचालन गरेको चाडपर्व लक्षित स्किममार्फत हरेक हप्ता एक जोडीले पोखरामा दुई रात तीन दिनको ट्रिप प्याकेज पाउने छन्।

साथै ग्राहकले सामान खरिद गर्दा ७० प्रतिशतसम्म छुट व्यवस्था गरिएको छ। योसहित ग्राहकले सिभिल मलको फेसबुक, इन्स्टाग्राम युट्युब च्यानलमा गएर सब्स्क्राइब गर्दा टीभीएसको स्कुटर जित्ने मौका समेत राखिएको छ। यो अफर भने नयाँ हो। कोभिडको असरले गर्दा मलमा पहिले जस्‍तो ठूला इभेन्टहरु संचालन नगर्ने जानकारी दिएको छ।

मलमा सपिङ गर्न जाने ग्राहकलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य छ भने व्यवस्थापनले हरेक दिन बिहान मल खुल्नुभन्दा पहिले सेनिटाइज गर्ने जानकारी दिएको छ।

4285
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका