लुम्बिनी बिकास बैंकले आफ्ना विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा हटाएको छ । बैंकद्वारा सञ्चालित लुम्बिनी सहयात्रा मुद्धती खाता, लुम्बिनी तलब खाता र लुम्बिनी सहयात्रा बचत खातामा प्रदान गर्दै आइरहेको बीमा सुविधा हटाइएको हो ।
यस मध्ये लुम्बिनी सहयात्रा बचत खाताको सामूहिक दुर्घटना बीमा यथावत राखि अन्य बीमा सुविधाहरुमा यस अगावै खाता खोली कारोबार गर्दै आइरहेका ग्राहकहरुको हकमा बीमाको समयावधि १ वर्ष व्यतित नहुँदासम्म बीमा सुविधा प्राप्त गर्ने गरी भदौ १२ गते देखि हटाइएको बैंकले जनाएको छ ।