जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सको बीमा कोषको आकार ४१ प्रतिशतले बृद्धि हुँदा, नाफा ३२ प्रतिशतले बढ्यो

नेपाल इन्स्योरेन्सको बीमा कोषको आकार ४१ प्रतिशतले बृद्धि हुँदा, नाफा ३२ प्रतिशतले बढ्यो

नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सुचक बढेका छन् ।

समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा ५९ करोड ५७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४२ करोड २० लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको बीमा कोष ४१ दशमलव १३ प्रतिशतले बढेको हो ।

१ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ४२ करोड ६ लाख रुपैयाँ संचिती रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३९ करोड ६३ लाख रुपैयाँ थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोषमा रकम बृद्धि भएको छ ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेको छ । अघिल्लो आर्थिक वर्षमा ६६ करोड ९३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्ष अर्थात आर्थिक वर्ष २०७७ /७८ को चौथो त्रैमाससम्ममा ७१ करोड ४२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको खुद नाफा ३४ करोड ८७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २६ करोड २२ लाख रुपैयाँ रहेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा ३२ दशमलव ९९ प्रतिशतले बढेको हो ।

त्यस्तै,समिक्षा अवधिमा कम्पनीले २१ करोड ८० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद दाबी भुक्तानी बढेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २८ रुपैयाँ ०७ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १८१ रुपैयाँ ८१ पैसा रहेको छ । पी ई अनुाित ३६।४० गुणा रहेको छ ।

4185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका