जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • म्युचुअल फण्डमा नयाँ रेकर्ड कायम, मेगा म्युचुअल फण्ड-१ मा माग गरिए भन्दा बढीको आवेदन

म्युचुअल फण्डमा नयाँ रेकर्ड कायम, मेगा म्युचुअल फण्ड-१ मा माग गरिए भन्दा बढीको आवेदन

 मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१” मा माग गरिएको भन्दा बढी आवेदन परेको छ । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना “मेगा म्युचुअल फण्ड–१” को प्रति इकाई मूल्य १० रुपैयाँ दरको १० करोड इकाई बिक्री खुला गरिएको थियो । उक्त इकाईमा दोस्रो दिन नै मागभन्दा बढी आवेदन परेको थियो ।

कूल इकाईमध्ये यूनतम १ करोड ५० लाख र कुल बिक्री भएको इकाई संख्याको न्युनतम १५ प्रतिशत इकाई कोष प्रवद्र्धक मेगा बैंक लिमिटेडको लागि सुरक्षित राखिएको छ भने बाँकी न्यूनतम ८ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको थियो । चौथो दिनसम्ममा सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप १ लाख ६३ हजार ६४६ आवेदकहरुबाट करिब २० करोड १४ लाख ५५ हजार ६ सय बराबरको इकाई खरीदका लागि आवेदन परेको छ । जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २.३७ गुणा बढी आवेदन परेको हो ।

नेपालको वित्तीय इतिहासमा हाल सम्मकै म्युचुअल फण्डमा सबै भन्दा धेरै आवेदन यस “मेगा म्युचुअल फण्ड–१” मा प्राप्त भएको छ । यो नयाँ कृतिमान् कायम गरेकोमा कम्पनी गौरवान्वित भएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड प्रति प्राप्त भएको यस विश्वासका कारण हामीलाई अझै सशक्त ढंगले अगाडि बढ्न हौसला मिलेको छ र मेगा म्युचुअल फण्ड–१ प्रति देखाउनु भएको विश्वासको उच्च कदर र सम्मान गर्दै आउँदा दिनहरुमा उच्च प्रतिफल, जोखिम व्यवस्थापन तथा उच्चस्तरिय सेवा प्रदान गर्न क्रियाशील रहने जनाएको छ ।

मागभन्दा धेरै बढी इकाईका लागि आवेदन परेकोले धितोपत्र बोर्डले जारी निर्देशिका बमोजिम कोषको कुल आकारको २५ प्रतिशत थप गरि इकाईहरु बाँडफाँड गरिनेछ ।

1830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका