जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • राष्ट्र बैंकको निर्देशन विपरित ऊर्जा क्षेत्रमा कर्जा नदिने एनआईसी एशिया बैंक सबैभन्दा कम १.४२ प्रतिशत मात्रैः राष्ट्र बैंक बेखबर !

राष्ट्र बैंकको निर्देशन विपरित ऊर्जा क्षेत्रमा कर्जा नदिने एनआईसी एशिया बैंक सबैभन्दा कम १.४२ प्रतिशत मात्रैः राष्ट्र बैंक बेखबर !

नेपालका २० वाणिज्य बैंकहरुले ऊर्जा क्षेत्रमा कर्जा दिनै पर्ने बाध्यता छ । तर, अधिकाशं बैंकले ऊर्जा क्षेत्रमा कर्जा दिएको देखिदैन । २० वाणिज्य बैंक मध्ये सबैभन्दा कम एनआईसी एशिया बैंकले १.४२ प्रतिशतको अनुपातमा मात्र कर्जा दिएको देखिन्छ । यो स्ट्यान्डर्ड चार्टड बैंकको भन्दा पनि कम हो भन्दा फरक पर्दैन । घर जग्गामा अत्याधिक कर्जा प्रवाह गरेको एनआईसी एशिया बैंकले कृषि र ऊर्जामा राष्ट्र बैंकको निर्देशित प्रतिशत भन्दा अत्यन्तै कम प्रतिशत कर्जा दिएको राष्ट्र बैंककै तथ्याङ्कबाटै प्रस्ट देखिन्छ भन्दा फरक पर्दैन । पाँच वाणिज्य बैंकले ऊर्जा क्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह नगरेको पाइएको देखिन्छ ।

ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, कृषि विकास बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र एनआईसी एसियाले ऊर्जा क्षेत्रमा तोकिएको अनुपातमा कर्जा प्रवाह गरेका छैनन् भन्दा अब फरक पर्दैन । राष्ट्र बैंकले ऊर्जालाई प्राथमिकता प्राप्त क्षेत्र तोक्दै न्यूनतम १० प्रतिशत हिस्सा कायम हुने गरि कर्जा प्रवाह गर्न बैंकहरुलाई यसअघि नै निर्देशन दिएको हो । त्यसको लागि अन्तिम समय सीमा २०८४ असार मसान्तसम्म छ । २०८१ असार मसान्तसम्म ६.५ प्रतिशत, २०८२ असार मसान्तसम्म ७ प्रतिशत, २०८३ असार मसान्तसम्म ८ प्रतिशत र २०८४ असार मसान्तसम्म १० प्रतिशत पुर्याउनु पर्ने राष्ट्र बैंकको निर्देशन छ । सो निर्देशनअनुसार गत असार मसान्तसम्म बैंकहरुले ऊर्जा क्षेत्रमा न्यूनतम ६.५ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गर्नुपर्ने थियो । २०८१ असारसम्म वाणिज्य बैंकहरुको यस्तो कर्जा प्रवाह औसतमा ८.०८ प्रतिशत नै देखिएको छ । तर, पाँच बैंकले भने त्यो अनुपातमा कर्जा प्रवाह गर्न नसकेको राष्ट्र बैंकबाट प्राप्त एक तथ्यांकले पुष्टी गरेको छ । भन्दा अब फरक पर्दैन ।

अनुपातका आधारमा ऊर्जा क्षेत्रमा ऋण लगानी गर्ने मामिलामा सबै भन्दा कमजोर एनआईसी एसिया बैंक रहेको छ । उक्त बैंकले २०८१ असारसम्म ऊर्जा क्षेत्रमा १.४२ प्रतिशतको अनुपातमा मात्रै कर्जा प्रवाह गरेको छ । यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ३.६१ प्रतिशतको अनुपातमा मात्रै कर्जा प्रवाह गरेको देखिन्छ । सरकारले तोकेअनुसार ऊर्जा क्षेत्रमा कर्जा प्रवाह नगर्नेमा सरकारी स्वामित्वको कृषि विकास बैंक समेत देखिएको छ । उक्त बैंकले ऊर्जा क्षेत्रमा ५.२८ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गरेको छ । हिमालयन र ग्लोबल आईएमई बैंकले भने तोकिएको सिमा नजिकसम्म कर्जा प्रवाह गरेको देखिन्छ । हिमालयनले ६.३३ प्रतिशत र ग्लोबल आईएमईले ६.३५ प्रतिशतको अनुपातमा ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । अन्य १५ बैंकले भने तोकिएको अनुपातमै ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । अनुपातको आधारमा सानिमा बैंक अग्र स्थानमा देखिएको छ । उक्त बैंकले ऊर्जा क्षेत्रमा १२.४८ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गरेको छ ।

दोस्रो स्थानमा भने एनएमबि बैंक रहेको छ । उक्त बैंकले ऊर्जा क्षेत्रमा १२.२३ प्रतिशतको अनुपातमा कर्जा प्रवाह गरेको देखिन्छ । तेस्रो स्थानमा भने कुमारी बैंक रहेको छ । उक्त बैंकले ११.९४ प्रतिशतको अनुपातमा ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गरेको तथ्यांकमा उल्लेख छ । यो राष्ट्र बैंकको निर्देशन विपरित देखिन्छ । प्राइम कमर्शियलले ११.८५ प्रतिशत, सिटिजन्सले १०.४५ प्रतिशत, माछापुच्छ्रेले ९.२९ प्रतिशत, लक्ष्मी सनराइजले ८.९० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगाले ८.८३ प्रतिशत, सिद्धार्थले ८.६४ प्रतिशत रबिविल बैंकले ८.२७ प्रतिशतको अनुपातमा ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गरेको देखिन्छ । तथ्यांकअनुसार एभरेष्टले ८.२४ प्रतिशत, नेपाल एसबिआईले ८.०७ प्रतिशत, राष्ट्रिय वाणिज्यले ७.९३ प्रतिशत, प्रभुले ७.३१ प्रतिशत, नेपाल बैंकले ६.।६४ प्रतिशतको अनुपातमा ऊर्जा क्षेत्रमा कर्जा प्रवाह गरेका छन् ।

यद्यपि ऋण रकमको आधारमा बैंकहरुको स्थान फरक रहेको छ । गत असारसम्म ऊर्जा क्षेत्रमा वाणिज्य बैंकहरुले तीन खर्ब ६५ अर्ब २४ करोड ७९ लाख रुपियाँ ऋण लगानी गरेका छन् । ऊर्जा क्षेत्रमा लगानी गर्नेमा कुमारी बैंक अग्र स्थानमा देखिएको छ । उक्त बैंकले ३५ अर्ब ७५ करोड ६० लाख रुपैयाँ ऊर्जा क्षेत्रमा लगानी गरेको देखिएको छ । दोस्रो स्थानमा भने नबिल बैंक देखिएको छ, उक्त बैंकले ३१ अर्ब एक करोड १३ लाख ६८ हजार रुपियाँ लगानी गरेको छ भने तेस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३० अर्ब ५७ करोड ७२ लाख रुपैयाँ ऋण ऊर्जा क्षेत्रमा लगानी गरेको छ । यस्तै, ग्लोबल आईएमईले २५ अर्ब ५६ करोड, एनएमबिले २५ अर्ब २५ करोड, लक्ष्मी सनराइजले २३ अर्ब २६ करोड, प्राइम कमर्शियलले २१ अर्ब ७२ करोड, राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ५६ करोड, प्रभुले १९ अर्ब ६६ करोड, सानिमाले १९ अर्ब ६२ करोड र सिटिजन्सले १६ अर्ब २९ करोड रुपियाँ ऋण ऊर्जा क्षेत्रमा लगानी गरेका छन् ।

यसैगरी सिद्धार्थले १६ अर्ब १७ करोड, हिमालयनले १५ अर्ब ६९ करोड, एभरेष्टले १४ अर्ब ६४ करोड, नेपाल बैंकले १२ अर्ब ८४ करोड, माछापुच्छ्रेले १२ अर्ब तीन करोड ९१ लाख, नेपाल एसबिआईले १० अर्ब ३६ करोड, कृषि विकासले सात अर्ब एक करोड ९१ लाख, एनआईसी एसियाले तीन अर्ब ८२ करोड ३३ लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकले तीन अर्ब ३३ करोड ८९ लाख रुपैयाँ कर्जा ऊर्जा क्षेत्रमा प्रवाह गरेको देखिन्छ । सचेत भया ।

205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका