जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • पाँच दशकको जागिरे जीवनबाट अवकास लिदै नेपाल लाइफका चौधरी

पाँच दशकको जागिरे जीवनबाट अवकास लिदै नेपाल लाइफका चौधरी

आजभन्दा २१ वर्ष २१ दिन अगाडी विराटनगरको शाखा प्रमुखका रुपमा प्रवेश गरेका नेपाल लाइफका कार्यबहाक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले अवकास लिने भएका छन् । राष्ट्रिय बाणिज्य बैंकमा २५ वर्ष काम गरेका चौधरी २०५८ साल असार ११ गते नेपाल लाइफमा भित्रिएका थिए ।

व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका चौधरीले बैंक र बीमा क्षेत्रमा गरी झण्डै पाँच दशक विताए । बैंक र बीमा क्षेत्रमा धेरै लामो समय काम गरिसकेको चौधरीले स्वेच्छिक रुपमा अवकास लिने निर्णय गरेको जानकारी दिए । नेपाल लाइफको दुई दशकको जागिरे जीवनमा चौधरीले आफुलाई सेल्स एण्ड मार्केटिङमा आफुलाई स्थापित गर्न सफल भए । नेपाल लाइफमा सर्वाधिक अनुभवीको सूचिमा पर्ने चौधरीले आफुलाई सेल्स र बीमा पोलिसीमा बिज्ञको रुपमा स्थापित गर्न सफल रहे ।

4935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?