जोडिनुहोस
बुधबार, अशोज २, २०८१
बुधबार, अशोज २, २०८१
  • होमपेज
  • लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बन्यो कामना सेवा

लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बन्यो कामना सेवा

कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफावाट १२ प्रतिशत लाभांश दिने घोषणा गरेको  छ। 

कम्पनीले चुक्तापूँजीबाट ७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (करसमेत) गरि १२ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी १८ औं वार्षिक साधारणसभावाट पारित भए पश्चात शेयरधनीहरुले प्राप्त गर्नेछन् । योसँगै लाभांश घोषणा गर्ने उक्त कम्पनी पहिलो विकास बैंक समेत भएको छ । 

गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी सर्वाधिक प्रतिशेयर वितरण योग्य नाफा भएको विकास बैंक समेत हो । 

 शुक्रबार बसेको सञ्चालक समितिको बैठकवाट उक्त प्रस्ताव पारित भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन् ।

70
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका