जोडिनुहोस
सोमवार, असार ३, २०८१
सोमवार, असार ३, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्र रमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा देवेन्द्र रमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्र रमण खनाल नियुक्त भएका छन् ।

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका खनाललाई आगामी ४ वर्षका लागि सरकारले सीईओमा नियुक्त गरेको हो ।

व्यवस्थापनमा मास्टर, कानूनमा एलएलबी गरेको खनाल २०६४ सालमा आठौ तहबाट बैंकमा सेवा प्रवेश गरेका छन् ।
बैंकको सीईओबाट किरण कुमार श्रेष्ठको कार्यकाल सकिएपछि कायम मुकायम सीईओको जिम्मेवारीमा थिए । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो ।

सीईओका लागि १९ जनाले आवेदन दिएका थिए । १९ जनाबाट ५ जना छनोट गरेर अन्तरवार्ता गरिएको थियो । ५ जनामा कृष्ण बहादुर अधिकारी,देवेन्द्र रमण खनाल, प्रकाश चन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसी रहेका थिए ।

180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका