जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा ल्यायो नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड

सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा ल्यायो नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड

सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ। सिटिजन्स फोनपे क्रेडिट कार्डले नेपालमा पहिलोपटक क्यूआर भुक्तानी र क्रेडिटको लचकतालाई पूर्णतया भर्चुअल बनाएको बताइएको छ। यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानीको अनुभव प्रदान गर्दै आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिने विज्ञप्तिमा उल्लेख छ।

सिटिजन्स स्मार्ट मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै यो कार्ड प्राप्त गर्न सकिने बताइएको छ। यो कार्डद्वारा १४ लाखभन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी पनि गर्न सकिने छ।

त्यसका साथै यो कार्डको प्रयोगले आफ्नो मासिक बजेटमा रहेर वास्तविक समयमा आफ्ना खर्चहरू ट्र्याक गर्न सजिलो हुनेछ। प्रयोगकर्ताले ४५ दिनसम्म ब्याज-मुक्त क्रेडिट अवधि प्राप्त गर्नेछन् भने ग्राहकले चाहेअनुसार पूर्ण वा न्यूनतम भुक्तानी गर्न सक्नेछन्।

सुरुवाती अवसरमा सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५० प्रतिशत (१००० रुपैयाँ) सम्मको क्यासब्याक अफर प्रदान गरेको छ। यो अफर २०८१ भदौ २७ बाट सुरु हुनेछ र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने बैंकले जनाएको छ।

सिटिजन्स बैंकका सीइओ गणेशराज पोखरेलले फोनपे सँगको सहकार्यमा यो नयाँ क्रेडिट कार्डको सुरुवातलाई लिएर आफू उत्साही भएको बताए।

उनले भने, ‘यो कदमले हाम्रा ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो नवीन समाधान हाम्रो अत्याधुनिक, ग्राहकमुखी वित्तीय सेवाहरू प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो।’

त्यस्तै, फोनपेका सीइओ दिवस कुमारले आफूहरू ग्राहकहरूको अनुभवलाई अझ राम्रो बनाउन प्रतिबद्ध रहेको बताए। यो कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिने उनको भनाइ छ।

‘नेपालमा क्रेडिट कार्डको प्रयोग २५ प्रतिशतभन्दा कम भएको अवस्थामा हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरूसम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्‍याएको छ। यो केवल नयाँ सेवाको सुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्ने प्रयास हो,’ उनले भने।

यसले उपभोक्ता र व्यवसाय दुवैलाई डिजिटल युगमा सशक्त बनाउन सहयोग पुर्‍याउने उनले बताए।

45
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका