जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत हुने व्यवस्था कार्यान्वयनमा

सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत हुने व्यवस्था कार्यान्वयनमा

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन, २०८१ संशोधनका आधारमा नयाँ सर्कुलर जारी गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कुल निक्षेप दायित्वको ४ प्रतिशत अनिवार्य मौज्दातबापत राष्ट्र बैंकमा राख्नुपर्ने व्यवस्था गरेको छ । साथै सो व्यवस्थाबमोजिम कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दातको न्यूनतम ९० प्रतिशत रकम जेठ १८ गतेदेखि दैनिक रुपमा राख्नुपर्नेछ ।

यसअघि बैंक तथा वित्तीय संस्थाले अनिवार्य नगद मौज्दातको न्यूनतम ७० प्रतिशत रकम दैनिक रुपमा बैंकमा राख्नुपर्ने व्यवस्था थियो । यसका साथै राष्ट्र बैंकले सबै खालका सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशत कायम गरिएको छ ।

1845
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका