जोडिनुहोस
बिहिबार, अशोज ३, २०८१
बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • होन्डाको बाइक किन्दा १० लाखसम्म जित्न सकिने

होन्डाको बाइक किन्दा १० लाखसम्म जित्न सकिने

होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ। यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन्।

यसका साथै ‘चुज गोर स्किम’ अर्न्तगत ग्राहकहरूले १० हजारसम्मको थप स्क्र्याच कार्ड पाउन सक्नुहुनेछ वा १२ हजार ५०० बराबरको ५ वर्षे एएमसी प्याकेज पाउन सक्नेछन् वा बाई १ गेट १ सर्भिसिङ, ७ वर्षसम्म सित्तैमा पाउन सक्नेछन्।

साथै होन्डाको बिग बाइक्सहरुमा १ लाखसम्म छुट पनि पाउन सक्नेछन्। यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ। नेपालमा सर्वाधिक रुचाइएको होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ। यो स्किम होन्डा इजी फाइनान्समा पनि लागु हुनेछ।

75
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका