जोडिनुहोस
शुक्रबार, अशोज ४, २०८१
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • डिपुटी गभर्नर मिश्र र एनआईसी एशिया बैंकका सिइओ न्यौपाने बीच राष्ट्र बैंकका गोप्य सूचना साटासाट, मिश्र बिरुद्ध किन पुग्यो महिला आयोगमा उजुरीः रात्रीभोज काण्डको भित्री कथा !

डिपुटी गभर्नर मिश्र र एनआईसी एशिया बैंकका सिइओ न्यौपाने बीच राष्ट्र बैंकका गोप्य सूचना साटासाट, मिश्र बिरुद्ध किन पुग्यो महिला आयोगमा उजुरीः रात्रीभोज काण्डको भित्री कथा !

नेपाल राष्ट्र बैंक भित्र यति बेतिथि छ कि त्यो सुन्दा पनि कान सिरिङ्ग हुन्छ । राष्ट्र बैंकका डिपुटी गभर्नर देखि पियनसम्मले बैंक र वित्तिय संस्थाहरुलाई गोप्य र अति गोप्य सूचना साटासाट गर्ने गरेको तथ्य फेला परेको छ । यति सम्मकी एनआईसी एशिया बैंक बिरुद्ध राष्ट्र बैंकमा परेको साधारण ग्राहकको उजुरी तत्कालै बैंकका सिइओ रोशन कुमार न्यौपानेलाई पुर्याउने राष्ट्र बैंकका उच्च कर्मचारीहरुले गरेको फेला परेको छ । डिपुटी गभर्नर बम बहादुर मिश्रले विशाल समूहको एमाले एनआईसी एशिया बैंकका सिइओ रोशन कुमार न्यौपानेलाई राष्ट्र बैंकले गरेको कारवाही देखि अति नै गोप्य सूचना साटासाट गर्ने गरेको गभर्नर कार्यालयकै एक उच्च स्रोतले पंक्तिकारसंग दाबी गर्यो ।

गोप्य सूचना दिएर एनआईसी एशिया बैंकलाई सधैं बचाउदै आएका डिपुटी गभर्नर मिश्रलाई विशाल समूहले गभर्नर बनाउने ठेक्का समेत लिएको स्रोतको दाबी छ । जति खर्च गर्न पनि विशाल समूह तयार भएपछि गभर्नर बन्न मिश्र शक्ति केन्द्र धाउन थालेका छन् । झापाली नेताहरु मार्फत अर्थमन्त्री र प्रधानमन्त्री के.पी. शर्मा ओलीसंग भेट गर्ने तयारीमा रहेको खुलेको छ । ग्राहकहरुलाई सधैं दुःख दिँदै आएको, ग्राहरुहरुलाई उठिबास लगाउँदै आएको एनआईसी एशिया बैंक भित्र डिपुटी गभर्नर मिश्र देखि राष्ट्र बैंकका पियनसम्मका नातागोता ज्वाई, साला–साली, भान्जा–भान्जी देखि घरमा काम लगाउनेका छोराछोरीहरु समेतको जागिर भएको तथ्य पंक्तिकारले फेला पारेको छ । समय आएपछि नाम सहित हामी पाठक सामु पस्कने नै छौं । हेक्का होस् ।

यति मात्रै होइन नेपालहरुको महानचाड दशैं र तिहारमा त एनआईसी एशिया बैंकका उच्च कर्मचारी नै राष्ट्र बैंकका कार्यकारी निर्देशक देखि डिपुटी गभर्नरद्वयसम्म खसी देखि महंगा हुस्की पु¥याउन घर घरमै पुगेको भेटिएको छ भन्दा अब फरक पर्दैन । एउटा राष्ट्र बैंकको कार्यक्रममा राष्ट्र बैंककी एक उच्च कर्मचारीलाई उकास्ने र जीस्काउने राष्ट्र बैंकका डिपुटी गभर्नर मिश्र र निर्देशक थानेश्वर आचार्यले दुव्र्यवहार गरेकै कारण मिश्र बिरुद्ध महिला आयोगमा उजुरी समेत परेको छ । सो उजुरी छानवीनको अन्तिम तयारीमा रहेको आयोग स्रोतले पंक्तिकारसंग दाबी गर्यो । हेक्का होस् गभर्नर साब ।

यस बारेमा सोध्दा डिपुटी गभर्नर मिश्रले पंक्तिकारसंग भने उजुरी परेको सुनेको छु तर, कारवाही गर भनेर पत्र आएको छैन । उनीले थपे । छानवीन होला नि त ! यसबाटै प्रस्ट हुन्छ । पार्टी खाएपछि राष्ट्र बैंकका उच्च कर्मचारीले कस्तो व्यहोरा देखाउछ भनेर गभर्नर साब हेक्का होस् । आन्तरिकरुपमा राष्ट्र बैंकले पनि छानवीन गरोस् । यस्ता तलका बुँदागत गतिविधी गरेर ग्राहकहरुलाई उठिबास गराउने एनआईसी एशिया बैंकलाई बचाउने राष्ट्र बैंकका उच्च हाकिमहरुको भित्री कथाको खोजी हामीले शुरु गरेका छौं हेक्का होस् ।

यी सबै गलत अभ्यासका कारणले पनि एनआईसी एशिया बैंक थप संकटउन्मुख बन्दैछ भन्दा फरक पर्दैन । भविष्यमा बैंकको पनि सहकारीको हालतमा नपुगून् भनेर सर्वसाधारण बैंकमा निक्षेप निकाल्न छाडेको छैन । हुनतः बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा एनआईसी एशिया बैंक अत्यन्त उत्कृष्ट भएको भन्दै निक्षेपकर्ताहरू आश्वासन त दिन खोजेको देखिन्छ । तर, सर्वसाधारण नागरिकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल बिकास बैंक डुबेको बिर्सिएका छैनन् । गभर्नर साब हेक्का होस् । राष्ट्र बैंककै तथ्याङ्कबाट प्रस्टै देखिन्छ । आर्थिक वर्षको साउनमा एनआईसी एशिया बैंकले मात्रै २६ करोड नाफा कमाएर १८ औं स्थानमा छ । यसबाटै प्रस्ट देखिन्छ । अघिल्ला वर्ष २।३ नम्बरमा यो बैंकले नाफा कसरी देखायो ? उसले ठूला बैंकलाई तर्साउन नक्कली वित्तिय विवरण राष्ट्र बैंकमा पेश गरेको थियो भन्दा फरक पर्दैन । गर्भनर साब होक्का होस् ।

राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बैंकका करिब ५० जना उच्च कर्मचारी सहभागी थिए । त्यसमा सहभागी हुन राष्ट्र बैंक एक उच्च महिला कर्मचारी (पिडित महिला) पनि कार्यक्रमका लागि नगरकोट पुगेकी थिइन् । गभर्नर महाप्रसाद अधिकारी पनि परिवारसहित कार्यक्रममा सहभागी भएका थिए । औपचारिक कार्यक्रम सकिएपछिको रात्रिभोज शुरू हुनुअघि पिडित महिला आफ्नो कोठामा गएर आराम गरिरहेकी थिइन् । त्यति नै बेला बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले उनलाई ‘स्न्याक्स खुलिसक्यो, आउनुहोस्’ भन्दै फोन गरेका छन् । उनी पुग्दा हलमा केही कर्मचारीहरू खाजा खाइरहेका थिए भने केही नाचगान गरिरहेका थिए । कार्यक्रममा सहभागी एक कर्मचारीले हामीलाई बताएअनुसार हलको एउटा टेबलमा बैंकका डेपुटी गभर्नर मिश्र, कार्यकारी निर्देशक एवं सुपरिवेक्षण विभाग प्रमुख देवकुमार ढकाल र थानेश्वर आचार्य बसेर मदिरा पिएर फिटान भएका थिए ।

हलको छुट्टै टेबलमा अन्य कर्मचारीसँग बसेर स्न्याक्स लिएपछि पिडित महिला खाना खान होटलको माथिल्लो हलमा जाँदै थिइन् । त्यही बेला उनलाई केही परको टेबलमा रहेका आचार्य र मिश्रले ‘नमस्कार म्याडम’ भने । नमस्कार फर्काएर अगाडि बढ्दै गर्दा आचार्य दौडिएर आएको र पछाडिबाट झ्याप्प अँगालो हालेको प्रत्यक्षदर्शी एक कर्मचारीले पंक्तिकारसंग बताए । पिडित महिलाले थपिन्ः “मलाई दुर्व्यवहार गर्ने (थानेश्वर आचार्य) लाई त्यतिबेलै दुई। चार चड्कन लगाउन चाहन्थेँ । तर त्यति धेरै सहकर्मीमाझ पदीय मर्यादा र जिम्मेवारी सम्झेर आफूलाई सम्हालेँ,” उनले पंक्तिकारसंग भनिन्, “उनलाई पन्छाएर म माथिल्लो तलामा गएँ । साह्रै असहजताबीच खाना खाएँ ।”

उनी खाना खान माथिल्लो तलमा पुग्दा गभर्नर अधिकारी परिवारसहित खाना खाइरहेका थिए । उनले एकै छिनअघि आचार्यबाट आफूमाथि भएको दुर्व्यवहारबारे मुख खोल्न सकिनन् । घटना भएको एक सातासम्म उनी चुपचाप बसिन् । घटना सार्वजनिक गर्ने कि नगर्ने भन्ने तनावमा थिइन् उनी । सार्वजनिक गर्दा आफ्नो पद र जिम्मेवारीमा केही असर पर्ने हो कि भन्ने चिन्तासमेत उनको मनमा थपियो । आफूमाथि भएको दुर्व्यवहार र हिंसाको विरोध गर्दा समाजले उल्टो आफैँलाई दोषी देख्ने हो कि भन्ने भय पनि उनमा थियो । तर घटनाको विरुद्ध चुपचाप बस्दाको उकुसमुकुसले बेचैन बनाइरह्यो । “म जस्तो एउटा ओहोदामा पुगेर काम गरिरहेको महिलालाई दुर्व्यवहार हुँदा त के गरौँ, कसो गरौँ भन्ने हुँदो रहेछ भने यस्तो दुर्व्यवहार खेप्ने सर्वसाधारण महिलाको अवस्था कस्तो होला?” उनले पंक्तिकारसंग भनिन् ।

राष्ट्र बैंकका वरिष्ठ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै नेपाल राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट बर्खास्त गरेको थियो । चैत ६ देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको हो । तर, डिपुटी गभर्नर मिश्रलाई कारवाही नभएको भन्दै यो घटना अहिले महिला आयोगमा पुगेको छ भन्दा अब फरक पर्दैन । ’राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले उनलाई कर्मचारी विनियमावली अनुसार हटाएको छ,’ स्रोतले पुष्टि ग¥यो । पटक–पटक कर्मचारी अनुशासन उल्लंघन गरेको भन्दै आचार्यलाई सेवाबाट हटाइएको हो ।

आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर वरिष्ठ महिला कर्मचारीले प्रशासनसमक्ष उजुरी दिएकी थिइन् । आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममै उनीमाथि दुर्व्यवहार गरेका थिए । ती महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति बनाएको थियो । छानबिन क्रममा दोषी देखिएका आचार्यलाई सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटाएको हो । तर, कर्मचारी उकास्ने डिपुटी गभर्नर बम बहादुर मिश्रलाई चाहि कुनै कारवाही भएको देखिदैन । गभर्नर साब हेक्का होस् । राष्ट्र बैंकको टक्सार महाशाखामा कार्यरत आचार्यमाथि आरोप लागेसँगै उनलाई जिम्मेवारीविहीन बनाइएको थियो । (स्मरण रहोस् उक्त दुर्व्यवहार घटनाको स्क्रिनसट आर्थिक बजार न्यूजडटकमसंग सुरक्षित छ ।) सचेत भया ।

250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका