जोडिनुहोस
शनिबार, अशोज ५, २०८१
शनिबार, अशोज ५, २०८१
  • होमपेज
  • बैंक डुब्न लाग्यो भने हस्तक्षेप गर्न सक्नुपर्छ : गभर्नर अधिकारी

बैंक डुब्न लाग्यो भने हस्तक्षेप गर्न सक्नुपर्छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेप बीमा (डिपोजिट इन्स्योरेन्स) को नयाँ अवधारणामा जानुपर्ने बताएका छन्। काठमाडौंमा निक्षेप तथा कर्जा सुरक्षण कोष (डीसीजीएफ) को कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ हस्तक्षेप गर्न सक्ने क्षमता निर्माण गर्नुपर्ने बताए । उनले नेपालको अर्थतन्त्र र बैंकिङ प्रणालीमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्त्वपूर्ण रहेको विचार पनि व्यक्त गरे।

उनले भने, ‘नेपालको अर्थतन्त्रमा निक्षेप तथा कर्जा सुरक्षण कोषको योगदान महत्त्वपूर्ण छ। बैंकिङ सिस्टममा करिब २०–२१ प्रतिशत डिपोजिट भोलममा इस्योरेन्स भएको छ। हाम्रो अपेक्षा सामान्यतः के रहन्छ भने परम्परागत जे काम गरिरहेको छौँ, ठिक छ, सबैले राम्रो गरिरहेका छौँ।अब नयाँ किसिमबाट डिपोजिट इन्स्योरेन्सको अवधारणाअनुरूप एउटा बैंकमा कथं कदाचित समस्या आइहाल्यो भने त्यहाँ इन्टरभेन गर्न सक्ने क्षमता भोलिको दिनमा डिसिजीएफहरूले राख्नुपर्छ ।’

डीसीजीएफले समस्या भए कानुनी संशोधनका प्रस्तावहरू अघि बढाएर जान सकिने गभर्न अधिकारीको भनाइ थियो। एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन (एसिक कन्फरेन्स) शुक्रबार राजधानीमा शुरु भएको छ। १६ एसियाली मुलुकका निक्षेप तथा कर्जा सुरक्षण गर्ने आधिकारिक सरकारी निकायहरू सहभागी ३६औँ एसिक सम्मेलन नेपालले ३० वर्षपछि आयोजना गरेको हो।

निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औँ वार्षिकोत्सव एवम् एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे। सम्मेलन आगामी सोमबारसम्म चल्नेछ।

सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायले आ–आफ्नो मुलुकको अनुभवसहित यस क्षेत्रका समसामयिक विषयमा सरोकारवालाबीच छलफल गर्ने कार्यक्रम रहेको कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए। सम्मेलनमा नेपालसहित भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ मुलुकका सुरक्षण संस्थाको सहभागिता छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका