जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • होन्डा कारको दसैँ अफर : ५ लाखसम्मको छुट, २ वर्षसम्म बीमा र कर निःशुल्क

होन्डा कारको दसैँ अफर : ५ लाखसम्मको छुट, २ वर्षसम्म बीमा र कर निःशुल्क

 नेपालमा होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होन्डा कार दसैँ उपहार, अफरमाथि अफर’ नामक उपहार योजना ल्याएको छ।

यो योजनाअन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि कारको खरिदमा ५ लाखसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ। त्यस्तै, २ वर्षका लागि गाडीको बीमा र कर निःशुल्क तथा ५ वर्षसम्म गाडीको सर्भिसिङको सुविधा पनि निःशुल्कमा पाइने बताइएको छ।

कम्पनीका अनुसार ग्राहकहरूलाई सरल फाइनान्सको सुविधा दिनका लागि होन्डाको कार खरिद गर्दा आकर्षक ब्याजदरका साथ २० प्रतिशतसम्मको ‘डाउन पेमेन्ट’ उपलब्ध छ। कम्पनीले ‘फ्री एसेसरिज’ र ‘स्पट एक्सचेन्ज’को पनि सुविधा उपलब्ध गराउने बताएको छ।

त्यस्तै, होन्डाले आफ्ना ग्राहकहरूलाई ‘रोड साइड असिसटेन्ट’को सुविधाका साथै २ वर्ष अथवा १ लाख किमी चलाउँदासम्म वारेन्टी दिनेछ।

3105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर